प्रवास : कतारमा बिचल्लीमा परेका बागलुङका ४ जना सहित ८ जनालाई खाद्यन्न सहयोग

उद्धव मगर, दोहा कतार २०७४ असार ४ । कतार नेपाली एकता समाज सनैया डि एरिया समितिले विभिन्न मेनपावरबाट कतार आएर बिचल्लीमा परेका पीडित नेपालीहरुलाई जुन १३ तारीखमा खाद्यन्न सहयोग गरेको छ । डी एरिया समितिका थम्मन थापाको विशेष पहलमा यो सहयोग उपलव्ध गराईएको हो ।

फस्र्ट च्वाईस कन्ट्रक्सन एण्ड सर्भिस कम्पनीमा गत वर्ष २०१६ डिसेम्वर र जनवरीमा पीडितहरु नेपालको सुमि ईन्टरनेशनल, रोयल हिमचुली र एलाईट मेनपावरबाट जनही ८५ हजार देखि १ लाख १२ हजार रुपयाँ सम्म रकम बुझाएर आएका पीडितहरुमा बागलुङ जिल्ला देविस्थान १ का थम्मन घर्ती, बरेङ बाराकोट ७ का रमेश काउछा, लेवाङ ३ का ओम बहादुर पुन, बाहुन गाउँ ६ का राजु दमाई रहेका छन् ।

यसैगरी प्यूठान अर्खानाका नर बहादुर घर्ती, भक्तपुर ठिमीका छत्र बहादुर तामाङ्ग, सुर्खेत कप्लिचौरका रमेश कुमार हमाल र झापाका लोकेन्द« प्रसाद गणेश रहेका छन ।

पीडितहरुले काम गर्दै आएको कम्पनीमा काम गरे वापत लगभग ३ महीनाको तलब पाउन बाँकी छ । सो कम्पनीले कामदारको भिसा पनि अहिले सम्म नलगाएको र कम्पनीमा नयाँ कन्ट्रयाक्ट पाउन नसकेको कारण देखाएको र भिसा लगाएत स्वदेश पनि पठाउन नसक्ने जनाएको छ ।

यस समस्या कसरी हल गर्न सकिन्छ भन्ने बारेमा पीडितहरु नेपाली राजदूतावासमा समेत सम्पर्क राखिसकेका छन् । स्पोन्सर केरेला सहित केहि गर्न नसक्ने भएपछि सम्बन्धित नेपालबाट आएको मेनपावर एजेन्सी संग सम्पर्क गर्ने काम भईरहेको कतार नेपाली एकता समाजका व्दितिय उपाध्यक्षयले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *