महिलाहरुले अधिकार सँगै कर्तब्यलाई बिर्सन नहुनेमा बक्ताहरुको जोड

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ असार ३ । महिलाले आफनो अधिकार सँगै कर्तब्यलाई बिर्सन नहुनेमा बुर्तिबाङमा आयोजित एक कार्यक्रमको सरोकारवाला निकायका पदाधिकारीले जोड् दिएका छन् ।

निर्वाचन क्षेत्र बिकास कार्यक्रम ,जिल्ला बिकास सम्मोन्य समिती क्षेत्र नँ ३ को सहयोगमा सञ्चालित महिलाहरुको पहुँचको लागि क्षमता विकास अभिमुखी कार्यक्रमका अबसरमा बोल्ने बतmाहरुले लामो सँघर्षपछि महिला हक र अधिकार सुनिश्चत गर्न राज्यले सँबिधानमा कार्यान्वयन देखि बिभिन्न कार्यलाई अगाडि बढाईरहेका अबसरमा स्वयं महिला/महिला बिचको अन्तरव्दन्व्द घरमै सासू बुहारी बिचको व्दन्व्द, तथा बिकृति समेत बढ्दै जानथालेका कारण अधिकार सँगै आफुले निभाउनु पर्ने कर्तब्यका बिषयलार्ई बेवास्ता हुन थालेको बताएका थिए ।

आमा मिलन केन्द्र , महिला मानब अधिकार रक्षक सञ्जाल र सत्कर्म नेपालको आयोजनामा आयोजित कार्यक्रममा महिलाहरुको न्यायमा पहुँच बढाऔँ, अधिकार सुनिश्चत गरौँ भन्ने नारासहित महिलाहरुको पहुँचको लागि क्षमता विकास अभिमुखिकरण कार्यक्रममा बुर्तिबाङमा पनी महिला सशतिmकरण, बिउ बितरण, आयआर्जन मुलक कार्यक्रम र सहकारी क्षेत्रमा महिलाको अबस्था र सहकारी क्षेत्रबाट आयआर्जन मुलक कार्यक्रममा
सहयोग लगाएतका बिषयमाथि प्रशिक्षण दिईएको थियो ।

शनिबार आयोजित कार्यक्रममा बुर्तिबाङ महिला बिकास समितीका अध्यक्ष रत्ना कुमारी शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ क्षेत्र नँ ३ का सासद ज्ञान कुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै बुर्तिबाङ नगर बिकास समितीका अध्यक्ष मेषलाल शर्मा, बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्था अध्यक्ष कृष्ण भण्डारी, महिला
अगुवा तथा बुर्तिबाङ महिला बिकास समिती उपाध्यक्ष गण्डकी थापा अधिकारी, नेपाली काँग्रेस महाधिबेशन प्रतिनीधि यामु पौवी तथा बिभिन्न क्षेत्रमा आबद्ध महिला प्रतिनीधिको सहभागित रहेको थियो ।

बुर्तिबाङ क्षेत्रका ८० जना महिलाको सहभागिता रहेको कार्यक्रममा आमा मिलन केन्द्र बागलुङका अध्यक्ष ज्ञानु थापा, सत्कर्म नेपालका संयोजक सिताराम थापा लगाएतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सांसद छन्त्यालले बोल्दै आफुले बिगत तिन बर्षदेखि आफनो क्षेत्रमा रहेका कुना कन्दरा देखि बजार क्षेत्रसम्मका महिलाहरुलाई थप
आत्मनिर्भर सक्षम सचेत बनाउने कार्यक्रम लिईरहेको बताउँदै यस्ता कार्यक्रमलाई ब्यबहारीक रुपमा अगाडि बढाउँदै समाजमा रहेका महिलाहरुलाई समेत अवगत गराउँदै अगाडि बद्न आग्रह गरेकी थिईन ।

कार्यक्रममा महिला अगुवा गण्डकी थापा अधिकारी, नगर बिकास समिती अध्यक्ष मेषलाल शर्मा, यामु पौवी, दुर्गादेवी घर्ति, असारी बिक, कमला
पाण्डे, धनसरी कँडेल, पदम कुमारी बिक लगाएतले बाृलेका थिए । बुर्तिबाङ महिला बिकास समिती कोषाध्यक्ष दिलमाया पौवीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *