पत्रकारिता मार्फत आर्थिक सम्वृद्धि र बिकासको गतिलाई तिव्ररुपमा अगाडी बढाउन आवश्यक

कोपिला कंडेल, बागलुङ २०७४ असार ३ । प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले समाजमा लुकेर रहेका घटनाक्रमलाई उजागर गर्नका लागि पत्रकारले पनि ज्ञान सिप र क्षेमताको बिकास गर्नुपर्ने बताएका छन ।

सूचना तथा संचार केन्द्र काठमाडौको आयोजना एबं नेपाल पत्रकार महासघं बागलुङ शाखाको संयोजनमा शनिवार देखी सुरु भएको ५ दिवसीय बिकास पत्रकारिता तालिमको उद्घाटन मन्तव्य दिँदै यस्तो बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीले पत्रकारिता मार्फत आर्थिक सम्मृद्धि र बिकासको गतिलाई तिव्ररुपमा अगाडी बढाउनुपर्नेमा जोड दिँदै मुलुकका हरेक परिवर्तनमा पत्रकारले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा प्रशंसा पनि गरे ।

अबको पत्रकारिता मार्फत समाजिक बिकास र आर्थिक रुपान्त्रणका लागि हुनुपर्ने बागलुङ्गमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सूचना तथा संचार केन्द्र काठमाडौको आयोजना एबं नेपाल पत्रकार महासघं बागलुङ शाखाको संयोजनमा शनिवार देखी आयोजित ५ दिवसीय बिकास पत्रकारिता तालिमको उद्घाटन गर्दै समारोहमा बोल्ने सहभागिले यस्तो बताएका हुन ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकृत अखिलनाथ शर्मा, बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुबेदी, उच्च अदालत बार एशोसिएसन बागलुङका अध्यक्ष केशवराज पराजुली, राष्ट्रिय सुचना तथा संचार केन्द्रका कार्यकारी निर्देशक बिष्णु प्रसाद शर्मा, आर्थिक अभियान दैनिकका सम्पादक प्रमोद प्रधान पत्रकार महासघं बागलुङ शाखाका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी र महासघंका सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै अधिकाशं संचारमाध्यम राजनीतिक मुद्दामा मात्र सीमित भएको भन्दै सहभागीले अवको पत्रकारिता आर्थिक सम्मृद्धि र बिकासको लागि हुनुपर्नेमा जोड दिएका थिए । सहभागी वक्ताहरुले सिहांदरबारको अधिकार गाउंगाउंमा कार्यान्वयन गर्न समेत संचार जगतले महत्वपुर्गा भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

तालिमको सहजिकरण राष्ट्रिय सुचना तथा संचार केन्द्रका कार्यकारी निर्देशक बिष्णु प्रसाद शर्मा र आर्थिक अभियानका सम्पादक प्रमोद प्रधानले गरिरहेका छन् ।

कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षता, कोषाध्यक्ष बिजय रानाको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *