क्यान्सर पीडित धनमायाँको उपचारका लागि रु १५ हजार रकम हस्तान्तरण

खगेन्द्र विश्वकर्मा बागलुङ २०७४ असार ३ । एक वर्ष पहिलेदेखी क्यान्सर रोगबाट पीडित बागलुङ नगरपालिका ७ की धनमाया विकको उपचारको लागि सामाजिक व्यक्तित्व सज्जन कुमार सिहको सक्रियतमा कोरियामा रहेको नेपालीहरुबाट संकलित रु १५ हजार रुपैयाँ असार ३ गते नेपाल पत्रकार महासंघ बागलुङ शाखाले धनमायाँका श्रीमान भीमबहादुर विकलाई उपलव्ध गराएको छ ।

आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सचिव राम थापा अविरल र रकम संकलनकर्ता सज्जन कुमार सिंहले संयुक्त रुपमा प्रदान गरेका थिए ।

चार छोरी र एक छोराकी आमा ४० वर्षिय धनमायाँ विकको उपचारमा हालसम्म १७ लाख खर्च भैसकेको उनका श्रीमान भीमबहादुर बिकले बताए । डाक्टरले क्यान्सरको उपचार गर्न २० लाख रुपयाँ लाग्ने बताएको स्मरण गर्दै भीमबहादुर विक भन्छन् धनमायाँलाई विगत ७ महिना देखी काठमाडौँको शिक्षण अस्पतालमा उपचार भैरहेकोमा अर्थाभावले घरमा ल्याएकोमा अहिले नियमित स्वास्थ्य परीक्षण गर्न समेत लैजान सकिएको छैन ।

डाक्टरले २ वर्ष नियमित उपचार गरेमा निको हुने बताएपनि नियमित स्वास्थ्य परीक्षण गर्ने रकम अभावले समस्या परेको बताउदै भीमबहादुर बिकले सबैसंग आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

केहि वर्ष साउदी अरबमा रोजगारी गरिरहेका भीमबहादुर धनमायाँ बिक विरामी भएपछी घरमा फर्किएका थिए । रोजगारविहीन बनेका भीमबहादुरलाई श्रीमतीको जीवन बचाउनका लागि सबै सज्जनहरुबाट आर्थिक सहयोग जुट्ने विश्वास छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *