गाउँघरमा आएको सिँहदरबारको अधिकार सिँहदरबार मै फर्कने खतरा : नेता गुरुङ

बुर्तिवाङ २०७४ असार ३ । माआवादी केन्द्रका नेता देव गुरुङले सिँहदरबारको अधिकार गाउँघरमा ल्याउने महत्वपूर्ण काम माओवादी केन्द्रले गरेपनि स्थानीय तहको निर्वाचनमा जनताले एमाले र काँग्रसलाई नै बढी जिताएकाले पुन यो अधिकार सिँहदरबारमै फर्कने खतरा रहेको औँल्याएका छन् ।

नेता गुरुङले शुक्रवार तमानखोला गाउँपालिकामा आयोजित माओवादी केन्द्रको प्रथम पार्टी एकता सम्मेलनलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।

नेता गुरुङले पार्टीको उपलव्धीहरुलाई जनता समक्ष पुराएर पार्टी संगठनलाई बलियो बनाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

तमानखोला गाउपालिकाका पार्टी ईन्चार्ज सूर्य श्रीपालीको अध्यक्षतामा भएको सम्मेलनमा माओवादी केन्द्रका बागलुङ ईन्चार्ज चन्द्रबहादुर सागर लगायत विभिन्न वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

प्रथम एकता सम्मेलनले देवबहादुर पुनको अध्यक्षतामा ४६ सदस्यीय तमानखोला गाउपालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा धनप्रसाद श्रीपाली, सचिवमा लिलबहादुर धमाल, सहसचिवमा कविराम श्रीपाली र कोषाध्यक्षमा निर्मलादेवी श्रीपाली रहेका छन् ।अधिवेशनमा हालै सम्पन्न तमानखोला गाउँपालिकाको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित दुई जना अध्यक्ष सहित १३ जना विजयी प्रतिनिधीहरुलाई फुलमाला लगाई नेता गुरुङले स्वागत सम्मान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य धनप्रसाद श्रीपाली र सन्चालन देबबहादुर पुनले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *