अधिकारीचौरमा महिला अभिमुखिकरण तालिमको समापन

बागलुङ, २०७४, असार ३ । अधिकारीचौरमा महिलाको न्यायमा पहुंच र कृषिमा आधारित क्षमता बिकास अभिमुखिकरण तालिम तथा सहयोग सम्बन्धि दुई दिवशिय कार्यक्रम समापन भएको छ ।

आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानब अधिकार रक्षक सञ्जाल बाग्लुङको सँयुत आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन क्षेत्र बिकास कोष क्षेत्र नँ ३ को सहयोगमा सञ्चालीत कार्यक्रमका अबसरमा ढोरपाटन नगरपालीका वडा नँ ५ अधिकारीचौरका ८९ जना स्थानीय कृषक र आमा समुह, महिलाहरु लगायतको सहभागिता रहेको हो ।

महिला समाजसेवी पुर्ण घर्तिकोअध्यक्षता, डिलमाया पौबीको संचालनमां गरिएको कार्यक्रममा सांसद ज्ञानकुमारी छन्तयालको प्रमुख आतिथ्यतामा समारोहको समापन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सांसदका सल्लाहाकार, सागर छन्त्याल, सत्कर्म नेपालका निर्देशक तथा मानव अधिकारबादि नेता, सिताराम थापा, आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगर, मिलनसार आमा समुहकि अध्यक्ष चन्द्र कुमारि कंडेल, आत्मनिर्भर आमा समुहकि अध्यक्ष बेल कुमारी पौडेल, महिलहरु पबिना घर्ती, पार्बती कंडेल, पत्रकार डम्बर बुढा लगाएतको आतिथ्यता रहेको कार्यक्रमका अबसरमा तालिम तथा सहयोग कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सांसद छन्त्यालले बोल्दै आफुले सहयोग गरिएको बीउ बिजन तथा टनेल द्दावारा ताजा तरकारी उत्पादन गरि महिलाहरुको आर्थिक उपार्जन गर्न र समुहले महिलाको येक्यबद्ता सचेतता सहित बिकास र न्यायको अधिकारको लागि अगाडि बढ्न आग्रह गरेकी थिईन ।

मानव अधिकारकर्मी सिताराम थापाले महिलाहरु र कृषकहरुको आर्थिक अधिकार प्राप्तमा टेवा पुर्याउन र महिलाको न्यायमा पहुंच अभिबुद्धि गर्न यो तालिम र प्रत्यक्ष सहयोग शुरु गरियको बताय ।

कार्यक्रममा तीन वटा जिल्लाकृषि बिकास कार्यलयमा दर्ता भएका कृषक समूह र आमा समुहका महिलाको सहभागिता थियो ।

तालिममा आधुनिक कृर्षि पेशा, पद्धति, उन्नत तरकारि खेति र बेमौसमि तरकारी खेती, समाजमा महिला अधिकार र आर्थिक अधिकार, महिलाको घरेलु हिंसामा महिलाका प्राबधान, संबैधानिक हक र महिलाको ब्वस्था अनुरुप न्यायमां पहुंच र भुमिका लगायतको बिषयबस्तुमाथि प्रशिक्षक व्दय, सिताराम थापा र ज्ञानु थापा मगरले तालिमको सहजिकरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *