बृद्ध भत्ताका नाममा सत्ता ?

प्रेम सुनार

साँचो अर्थमा सामाजिक सुरक्षा भत्ता नेपालका कुनै राजनैतिक दलले ल्याएको नयाँ भिजन होईन । नेपालमा बृद्ध भत्ताको प्रस्ताव कांग्रेस नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा ल्याएको हो कि होईन ? उनले मसिक सय रुपैयाँ बृद्ध भत्ताको प्रस्ताव ल्याई रहेकै वेला सत्ताबाट बाहिरिनु प¥यो । त्यस पछि एमाले नेता मनमोहन अधिकारी प्रधानमन्त्री भए पछि त्यसको कार्यन्वन भएको जग जाहेरै छ । तर पनि एमालेका लागि बृद्ध भत्ता नै हरेक पटकको चुनावी मुद्धा बन्ने गरेको काग्रेसजनको आक्रोष रहँदै आएको छ । केहि दिन अघि कांगे्रसको चुनावी सभामा यहि विषय जोडदार ढंगले उठाईएको थियो ।

उनिहरुका अनुसार एमालेले मात्रै बृद्ध भत्ता लगागतको सामाजिक सुरक्षा भत्ताको व्याज खान खोजेको छैन । अर्को कम्युनिष्ट माओवादीले पनि व्याज खान खोजिरहेको छ । उ सरकारमा गए लगत्तै बृद्ध भत्ता दोव्वर बृद्धि गरी दियो । जम्मा ५ सय बाट ह्वात्तै मासिक एक हजार पुराएको र दलित जनजातीलाई ६० वर्ष उमेरमै बृद्ध भत्ता दिने माओवादी सरकोरको निर्णय पछिद्ध फेरी एमाले माओवादीको संयुक्त सरकारका पालमा दोव्वर बृद्धि गरेर मासिक २ हजार पुराईयो । यहि होडवाजी चलि रहने हो भने यो देशमा केहि वर्ष पछि भत्ता बृद्धिको घोषणा गर्ने प्रधानमन्त्रीको भन्दा बृद्धको भत्ता रकम बढि हुने देखिन्छ ।

आखिर जसले जे गरे पनि यो राज्यको सम्पत्ती हो । कुनै दलको खाताबाट यो रकम दिईएको होईन । यसैलाई मुख्य चुनावी मुद्धा बनाईनु भनेको अरु केहि गर्न नसक्नु हुन सक्छ कि ? अर्को कुरा बृद्ध भत्ता बुझ्ने एक थरी बृद्ध बृद्धाहरु गरिवहरुलाई ब्याजमा लगाउने गरेका छन र कसैले त्यही बृद्ध भत्ताबाट समाज सेवाका नाममा राजनीति गरिरहेका छन् । उदाहरणका लागि मुसिकोट नगरपालिकाका मेयर पदका उमेदवार कृष्णहरी सापकोटा जस्ता धनाढयहरुले बृद्ध भत्ता समाज सेवाको क्षेत्रमा खर्च गरेका छन् । थप अर्को कुरा दलितको नाम लिन वित्तिकै गरिव र विचरो भन्ने मानसिकता छ । तर अर्घाखाँची धारापानीका कमल सुनारका पिता शिद्धिमान सुनारले हरेक महिनाको बृद्ध भत्ता बुझ्दै गरिवहरुलाई व्याजमा लगाउने गरेका छन् । उनलाई के अपुग छ ? छोराहरु सुन चाँदी व्यवसायी । चाँदीको थालमा भुजा ज्युनार गर्न उनलाई पुग्छ । यस्ता दलित महोदयहरु तमाम हुनु हुन्छ ।

गरिव असाहय र वेसाहराका लागि बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्ता निकै सकरात्मक पक्ष पक्कै हो । तर बृद्ध भत्ताका पनि थुप्रै नकरात्मक पक्ष देखा परेका छन् । भत्ताको रकम छोरा बुहारीलाई नदिए बापत कैयौ घरहरुमा कलह र विच्छेद भई रहेको छ । बृद्ध भत्ता दैनिक जाँड रक्सीको सत्ता पनि भई रहेको छ । बृद्ध भत्ता बृद्धि गर्दै लैजाने जुन होडवाजी चलिरहेको छ त्यो राम्रै पनि होला तर करोडपति बृद्धलाई पनि त्यति नै र विहान बेलुकाको गुजारा चलाउन नसक्नेलाई पनि उति नै कति जायज होला ? एक थरी अर्थ सास्त्रीहरु बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्ता दिने कुरा नेपाल जस्तो गरिव देशका लागि ठुलो आर्थिक घाटो हो , यो कुनै विकास होईन , कतिपय राजनैतिक दलका लागि चुनावी मुद्धा मात्रै हुन सक्ने दावि गर्दछन् । एमालेले बृद्ध भत्ताको ब्याज खाई रहैकै बेला माओवादी सरकारमा गए लगत्तै अपाङ्गा भत्ता , एकल महिला भत्ता , सुत्केरी भत्ता , गरिव तथा विपन्न वालवालिका लागि पोषण भत्ता , ग्रामिण स्वास्थ्य कार्यकर्ताहरुका लागि मासिक भत्ता बृद्धि गरेको त्यस पार्टीले पनि चुनाव ताका त्यसको व्याज खान खोजिरहकै छ ।

पछिल्लो चरण किशानहरुलाई पनि पेन्सनका नाममा पैसा बाँड्ने प्रस्ताव त्यही माओवादी सरकारले ल्याएको थियो । यसरी जनतालाई प्रत्यक्ष पैसा बाँड्ने प्रस्ताव ल्याउने राजनैतिक दलहरु देशको विकाश र गरिव जनताको समृद्धि चाहनु भन्दा पनि पैसा बाँडेर चुनाव जित्ने र सधै कुर्चिमा रमाउने खेल खेलिरहेको स्पष्ट हुन्छ । अव जनताले आगमी पाँच वर्षमा कुन पार्टीले देश विकासको कुन योजना ल्याएको छ ? त्यसको आधारमा भोट दिनेकी ? राज्यकोषको ढुकीटी र आफ्नै खल्तीको समेत प्रत्यक्ष पैसा बाँड्नेलाई भोट दिने ? यसमा विवेक पुराउने बेला आएको छ । अमेरिका , युरोप जस्तो विकासित मुलुकबाट सुरु भएको सामाजिक सुरक्षा भत्ताको नकरात्मक असरः भत्ताले बसेरै खाना पुगे पछि त्यहाँका मान्छेले कामै गर्न छाडे , नेपाल जस्ता गरिव मुलुकबाट जनशक्ति मगाउनु पर्ने भयो । म अँस्ती एउटा घरमा पुगे ।

छोराले पनि भत्ता , वुहारीले पनि भत्ता, आमा र वाउले पनि भत्ता , नेपाली सेनामा मृत्यु भएको उनकी बुहारीको उता पेन्सन यता एकल महिला भत्ता । किन काम गर्नु प-यो ? राज्य कोषबाट दोहोरो सुविधा लिई रहेको कुराहरुलाई कसले छानविन गर्ने ? उनैको घर छेवैमा रहेको अर्को घरमा असाध्धै विचल्ली देखें । भत्ता पाउनका लागि न जानी जानी लडेर अपाङ्ग हुन मन लाग्ने न त एकल महिला भत्ता बुझ्नका लागि श्रीमानको हत्या गर्न मन हुने , बृद्ध भत्ता पाउने उमेर कुर्न अझै २० वर्ष कुर्नु पर्ने रहेछ त्यस घरमा । कोखैको त्यस सम्पन्न परिवारमा भने जनही भत्तै भत्ता । यस्तो अन्याय पुर्ण सामाजिक सुरक्षा भत्ता पक्कै पनि वैज्ञानिक छैन । यसमा पुनरविचार गरिनु पर्दछ । जो जसले अब बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्तालाई नै मुख्य चुनावी मुद्धा बनाउन खोज्छ भने उसले उसले भत्ताका नाममा सत्ता मात्रै खोजेको छ भन्ने कुरा अवका सचेत जनताले बुझ्नै पर्ने हो कि ?

प्रेम सुनार,
गुल्मी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *