गल्कोट- १ दुदिलाभाटीमा सञ्चालित साक्षरता कक्षा प्रभावकारी

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असार २ । गलकोट नगरपालिका १ दुदिलाभाटीमा सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएकोे अनुगमन टोलीले निष्कर्ष निकालेको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले गरेको अनुगमनका क्रममा साक्षरता कक्षा प्रभावकारी भएको अनुगमनमा सहभागी महेन्द्र माद्यमिक बिद्यालय नरेठाटीका साहायक प्रध्यानाध्यापक रेम बहादुर कार्कीले बताए ।

निरक्षरलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयले गत बर्षको फागुन देखि चार महिनाका लागी कक्षा सञ्चालन गरेको थियो । साबिक दुदिलाभाटी ४ सिरबारे र २ पात्लेखोला र काउचालेका गरि १५ जनालाई सहभागी गराई सञ्चालन गरिएको साक्षरता कक्षा प्रभावकारी देखिएको अनुगमनमा सहभागी चन्द्रदत्त रेग्मीले बताए । अक्षर नलेखेका र नचिनेका निरक्षरलाई शिक्षा कार्यालयले सित्तैमा साक्षर बनाउन विगतदेखि नै जिल्लामा साक्षर अभियान सञ्चालन गरेको छ ।

१५ वर्ष उमेर माथिका निरक्षरको मापदण्ड तोकेर साक्षरता कक्षा सञ्चालन भएका हुन । साक्षर अभियानअन्तर्गत राष्ट्रभाषा वा मातृभाषामा वर्ण÷अक्षर चिन्न र लेख्न सक्ने , मूल्य सूची र विल पढ्न सक्ने , मोबाइल र क्यालकुले टरका अंक र अक्षर चिन्ने र प्रयोग गर्न सक्ने, ० दे खि ९ सम्मका अंक ले ख्न र १०० सम्मका अंकहरु गणना गर्न सक्ने , घडी हेरेर समय बताउने , हस्ताक्षर गर्ने र लेनदेनका हिसाब राख्न सकेमा साक्षर भएको मानिने छ ।

त्यो सिक्नको लागि ४ महिनासम्म कक्षाको अवधि तोकिएको थियो । त्यस्तै पुस्तकमा नयाँ संरचना अनुसार नगरपालिका र गाउपालिकाको काम, कर्तब्य र अधिकार लगायतका बिषय समावेश भएको साक्षर कक्षाका शिक्षक अमृता पुनले बताए ।

यसैबिषयमा पौढ अवस्थाका महिलाहरुलाई कसरी पढाउनुभयो भनेर शिक्षक अमृता पुनलाई सोध्दा कुनै समय अक्षर चिन्न नसक्ने साबिक दुदिलाभाटी वाड नम्बर २ पात्लेखोलाकी ६० बर्षिय डिलमाया श्रीसले अहिले आफनो नाम राम्रोसँग लेख्ने सक्ने भएको बताईन ।

साक्षरता कक्षा सञ्चालन भएको दिनदिन निरन्तर रुपमा सिकाईतर्फ ध्यान दिएपछि औठाछाप गर्न नपर्ने पुनको भनाई छ ।

आफु साक्षर कक्षामा सहभागी भएपछि घरयासी आम्दानी खर्च निकाल्न सफल भएको साक्षर कक्षामा सहभागी सरस्वती श्रीसले बताएकी छिन् । पढ्नका लागी उमेरले छेक्दो रहेनछ भन्छिन साबिक दुदिलाभाटी २ काउलेकी ३८ बर्षिय श्रीस ।

श्रीसलाई बिद्यालयमा शिक्षक र घरमा उनकी कान्छी छोरीले अक्षर चिनाउने गरेका थिए । छोराछोरी शिक्षित भएपछि सिक्न सजिलो हुने श्रीसले बताईन । श्रीसले आफुले शिक्षा आर्जन गरेपछि अरुलाई गुहार्न नपर्ने बताईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *