बागलुङ बजारबाट दुई वर्षकी बालिका उठाएर लैजाने गुप्ता प्रहरी नियन्त्रणमा !

बागलुङ २०७४ असार २ । बागलुङ नगरपालिका- ३ स्थित जिल्ला वन कार्यालयको चोक नजिकबाट एक बालिकालाई उठाएर लैजाने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजै शुक्रवार साँझ ६ बजेर ४५ मिनेटको समयमा अमित गुप्ता नामको व्यक्तिले सोही स्थान बस्ने श्रीमती मधु शर्माको २ वर्षकी छोरीलार्ई उठाई लगेको घटनाले बागलुङ बजारमा सनसनी फैलियो ।

श्रोतका अनुसार घटनास्थल नजिकै बस्ने एन्जिला श्रेष्ठले आफनो नानीलाई खोज्न पठाएको र उनकै नानी भन्ठानी आफुले उठाई लगेको गुप्ताले बताएका छन् । पछी एन्जिलाले आफनो नानी घरमा आएको बताएपछी बालिकालाई फर्काउन गएको गुप्ताको भनाई सार्वजनिक भएको छ । निज गुप्ता ७/८ वर्ष देखी बागलुङ बजारमा बस्दै आएका छन् ।

प्रहरीले बालिकालाई आफन्तको जिम्मा लगाएको र अभियुक्त गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको जानकारी दिएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *