आफन्तले सुनिल पुनको शव नबुझेपछी अस्पताल र आसपासको क्षेत्र दुर्गन्धित

बागलुङ २०७४ असार २ । गत जेठ ३१ गते बुधवार भेट्टिएको सुनिल पुनको शव आफन्तहरुले नबुझेपछी धौलागिरी अन्चल अस्पताल र यसको आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । गर्मीको समय भएकोले शव कुहिएर दुर्गन्धित बनेकोले अस्पतालमा उपचारार्थ आउने विरामी, स्वास्थ्यकर्मी लगायत अस्पताल वरपरका वासिन्दा दुर्गन्धका कारण आफै पनि विरामी हुने त्रासमा रहेका छन् ।

पुनको शव बुधवार पौने ३ बजे कालीगण्डकीमा फेला परेको थियो भने सोहि दिनमै शवलाई पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालमा ल्याईएको थियो ।

स्मरणीय छ, २०७४ साल जेठ २३ गते बागलुङ नगरपालिका–१ मालढुंगा स्थित बागलुङ पर्वत सडकमा ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र दिपेन्द्र कार्की ,ट्याक्सी चालक भिमसेन लामा र सुनिल पुनलाई प्रहरीले पक्राउ गरेकोकम सुनिल पुन भागेर कालगण्डकी नदीमा हामफाली बेपत्ता भएका थिए । सुनिल पुनको शव गत बुधवार फेला परेको थियो । हाल पीडित पक्ष र प्रहरीवीच पुनको मृत्युलाई लिएर वार्ता भैरहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *