माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा सार्वजनिक !

काठमाडौं २०७४ असार २ । माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा आज सार्वजनिक भएको छ । पहिले एसएलसी भनिने परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन संशोधन गरेर एसईई नामकरण गरिएको हो । गत चैत मसहनामा लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार परीक्षार्थी परीक्षमा सहभागी भएका थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।

सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना, जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ र जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएका छन् ।

कुनै विद्यार्थीले आफ्नो ग्रेडिङमा चित्त नबुझे पुनर्योगका लागि १५ दिन भित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ । यस्तै दुई विषयमा अनुत्तिर्ण वा अनुपस्थित भए ग्रेड बृद्धिका लागि मौका परीक्षाको व्यबस्था गरिएको छ । मौका परीक्षा साउन १९ गते देखि २६ गते सञ्चालन हुने जनाइएको छ । बोर्डका अनुसार यो पटक देखि परीक्षाको नतिजा संघीय प्रणाली अनुसार गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *