अधिकारीचौरमा कृषिमा आधारीत क्षमता बिकास गोष्ठि

डम्मर बुढामगर, बुर्तिवाङ २०७४ असार १ । अधिकारीचौरमा कृर्षिमा आधारीत क्षमता बिकास गोष्ठि तथा सहयोग सम्बन्धि दुई दिने कार्यक्रमको आज उद्धघाटन गरीएको छ । आमा मिलक केन्द्र, सत्कर्म नेपाल, महिला मानब अधिकार रक्षक सञ्जाल बाग्लुङको सँयुतm आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन क्षेत्र बिकास कोष क्षेत्र नँ ३ को सहयोगमा सञ्चालीत कार्यक्रमका अबसरमा ढोरपाटन नगरपालीका वडा नँ ५ अधिकारीचौरका ४३ जना स्थानीय कृषक , आमा समुह, लगाएतको सहभागिता रहेको हो । नाथुरी ताजा तरकारी उत्पादन कृषक समुहका अध्यक्ष यमलाल कँडेलको अध्यक्षता रहेको कार्यक्रममा माननीय साम्सद ज्ञानकुमारी छन्तयालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस महादिबेशन प्रतिनीधि सागर छन्त्याल,आमा मिलन केन्द्रका ज्ञानु थापा मगर, सत्कबर्म नेपालका निरीक्षक तथा अधिकार कर्मि सिताराम थापा, दिलमाया पौवि , रत्ना शेरचन, पत्रकार डम्बर बुढा लगाएतको आतिथ्यता रहेको कार्यक्रमका अबसरमा स्थानीय २५ जना कृषकहरुलाई कृर्षिमा प्रयोग हुने टनेल बितरण गरीएको छ ।

कार्यक्रममा प्रमुख अतिथी साम्सद छन्त्यालले बोल्दै आफुले ग्रामिण क्षेत्रको बिकास र समाज रुपान्तरण मुलक अभियानमा सक्रिय रुपले सहयोग गरीरहेको बताउँदै सञ्चालीत कार्यक्रमबाट सिकेका ज्ञान र प्राप्त उृपलब्धिलाई सँस्थागत गर्दे अगाडि बढ्न आग्रह गरेकी थिईन । त्यस्तै कृर्षि पेशा, पद्धति, महिलाहरुको कृर्षिप्रतिको मोह र भुमिका, समाजमा महिला अधिकार र दायित्व लगाएतका बिषयबस्तुमाथि प्रशिक्षण समेत दिईएको थियो ।

आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापाको स्वागत , नवजागरण कृषक समुहका अध्यक्ष चेतलाल बिक, पत्रकार डम्बर बुढा, महादिबेशन प्रतिनीधि सागर छन्त्याल,सत्कबर्म नेपालका निरीक्षक तथा अधिकार कर्मि सिताराम थापा, रत्ना शेरचन लगाएतको मन्तब्य रहेको थियो । कार्यक्रम , दिलमाया पौविले सञ्चालन गरेकी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *