बागलुङ जिल्लामा परिवार नियोजनका साधन प्रयोग ३२ प्रतिशत मात्र !

कोपिला कंडेल, बागलुङ २०७४ असार १ । बागलुङमा ३२ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्दैआएका छन । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार मन्त्रालय काठमाडौ र जिल्ला स्वास्थ्य कार्यालय बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको परिवार नियोजन सुरक्षित मातृत्व बिषयक पत्रकार अन्तत्र्रिmया कार्यक्रममा यस्तो जनकारी गराईएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला स्वास्थ्य कार्यालय बागलुङका खोप अधिकृत दिपक सुबेदीले प्रतेक १ सय जना दम्पत्ती मध्य ३२ जनाले मात्र कण्डम, डिपो, पिल्स, नरप्लान्ट, र आयुसिडीलगायतका अस्थाई साधन र स्थाई बन्ध्याकरण लगायतका परिवार नियोजनका साधन अपानाउदै आएको बताए । त्यसैगरी जिल्लामा ६५ प्रतिशतले गर्भवती जाच गराउन आउने गरेका छन् । समग्र नेपालमा ८४ प्रतिशत र बागलुङमा भने ६५ प्रतिशतले मात्र गर्भवती जाच गराउदै आएको खोप अधिकृत सुबेदीले बर्ता । उनका अनुसार प्रजनन उमेरका केही ब्यक्ति रोजगारका लागि बिदेश पलायन भएकोले पनि जिल्लामा परिवार नियोजन सम्बन्धी सेवा लिनेको संख्यांमा कमी आएको हो ।

त्यसैगरी अन्र्तक्रियामा अर्का सहजकर्ता नेपाल स्वास्थ्य मन्त्रालय सुचना तथा संचार केन्द्र काठमाडौका प्रतिनिधी दिलिप पौडेलले आम नागरिकको स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने गरी रिर्पोटिङ्ग गर्नुपर्ने बताए । अस्पतालमा डाक्टर एबं स्वास्थ्यकर्मी नभएका, औषधी नपुगेको, निशुल्क औषधी नपाएको एबं झाडापखाला लगायतका मौसमी समाचार मात्र प्रकाशन र प्रसारण हुदै आएको भन्दै पत्रकार पौडेलले स्वास्थ्य सम्बन्धी संबेदनसिल र खोजमुलक समाचारमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिवार नियोजनका साधन, यसका फाईदा, उपयोग, सुरक्षित मातृत्व, शिशु मृत्युदर, मातृमृत्युदर लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता, स्वास्थ्य मन्त्रालय सुचना तथा संचार केन्द्रका प्रतिनिधी एबं पत्रकार दिलिप पौडेलको स्वागत मन्तब्य र जिल्ला स्वास्थ्य कार्यालयका प्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *