जेष्ठ नागरिकको अधिकार सुुनिश्चित गर्न संबिधानको कार्यान्वयन आवश्यक- प्रजिअ तिवारी

कोपिला कंडेल, बागलुङ २०७४ असार १ । ज्येष्ठ नागरिक दुब्र्यबहार बिरुद्ध विश्व सचेतना दिवस आज बागलुङमा पनि मनाईएको छ । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जेष्ठ नागरिकको अधिकार सुुनिश्चित गर्नका लागि संबिधानको कार्यान्वयन गर्नुपर्ने बताए ।

ज्येष्ठ नागरिक मुलुकका अमुल्य निधि भएको भन्दै प्रमुख जिल्ला अधिकारी तिवारीले जेष्ठ नागरिकलाई उपलब्ध गराउने सेवा सुबिधालाई सहज बनाउनका लागि सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिकको लागि समाजिक सुरक्षा भत्ता, निशुल्क स्वास्थ्योपचार, यातायात लागयतका सुबिधालाई सहज रुपमा उपलब्ध गराउनुपर्ने तिवारीको भनाई थियो ।

सो अवसरमा स्थानिय बिकास अधिकारी राम प्रसाद आचार्य, जनस्वास्थ्य अधिकृत जीवन कुमार शाक्य, निमित्त महिला बिकास अधिकृत सरस्वती देबी रेग्मी, समाजसेबी लालचन्द्र राजभण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम जेष्ठ नागरिक सघं बागलुङका अध्यक्ष काजी रोशनको अध्यक्षता, उपाध्यक्ष देब बहादुर श्रेष्ठको स्वागत मन्तब्य र सचिव राम प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *