व्लड ग्रु्पिङ भएयता प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ५४ जनाव्दारा रक्तदान

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ ३१ । प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेसम्म ५४ जना सर्वसाधारणहरुले रक्तदान गरेका छन् ।
ब्लड ग्रुपिङको व्यवस्था भएयता विभिन्न व्यक्तिले गरेको रक्तदानबाट ५० जना विरामीहरुले यो सेवा लिएको प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब असिस्टेन्ट किसान चन्दले बताएका छन् । जसमध्ये सबैभन्दा धेरै सुत्केरीहरु ४४ जना, भित्री रक्तश्राव ५ जना र दुर्घट्ना १ जनालाई रक्तदानबाट सेवा प्रदान गरिएको छ ।

रक्तदानको क्षेत्रमा महत्वपूर्ण साझेदारी गर्ने नेपाल रेडक्रसको सक्रियता बुर्तिबाङमा खासै नहुँदा स्वास्थ्य केन्द्र आफै र सामुदायिक रेडियो परिवर्तनको बार्षिक उत्सवको अवसरमा रेडियोले सञ्चालन गरेकोे ब्लड ग्रुपिङ नै अहिले भरपर्दो बनेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
जिल्ला अस्पतालबाट पाइने सबै सेवा सुविधासहितको स्तरोन्नती भएपछि र विरामीहरुको चाप बढेपछि बुर्तिबाङमा पनि ब्लड ब्याङ्कको आवश्यकता पर्ने ल्याब असिस्टेन्ट किसान चन्दले बताए । अहिलेसम्म दिनदिनै रगतकै आवश्यकता पर्ने विरामी नआउने र कुनै स्वस्थ मानिसबाट संकलन गरिएको रगत निश्चित समयभित्र नै प्रयोग गरिसक्नु पर्ने भएकोले पनि तत्काललाई बुर्तिबाङमा व्लड बैंकको स्थापना गर्न नसकिने उनको भनाई थियो ।

४५ केजी भन्दा बढी तौल भएको एक स्वस्थ मानिसले एक पटकमा कम्तिमा पनि ३५० मिलिलिटर रगत दान गर्न सक्छन् । रगत दिएपछि आफैलाई समस्या हुन्छ भन्ने गलत मान्यता अझै पनि जनमानसमा छ । तर स्वास्थ्यकर्मीहरुले भने एक स्वस्थ व्यक्तिले प्रत्येक तिन महिनामा रक्तदान गर्दा कुनै असर नगर्ने बरु स्वास्थ्यलाई फाइदा पुग्ने बताउँछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *