कालीगण्डकीमा हामफाली बेपत्ता भएका सुनिल पुनको ९ दिनमा शव फेला !

बागलुङ २०७४ जेठ ३१ । गत जेठ २३ गते मंगलबार साँझ मालढुंगा प्रहरी चौकीको नियन्त्रणबाट भागेर कालीगण्डकीमा हामफाली बेपत्ता भएका काठेखोला गाँउपालिका–८ घर भई बागलुङ नगरपालिका–३ देउरालीचोक बस्ने १९ वर्षिय सुनिल पुनको ९ दिनको दिन बुधवार दिउसो पौने ३ बजे शव फेला परेको छ ।

गत जेठ २३ गते साँझ ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान बरामद गर्नुका साथै ट्याक्सीमा सवार मृतक पुन सहित दिपेन्द्र कार्की र ट्याक्सी चालक भिमसेन लामालाई नियन्त्रणमा लिएको थियो । सोहि क्रममा पुन भागेर कालगण्डकी नदीमा हामफाली पौडी खेली पारी तर्ने क्रममा नदीकै बीचबाट बेपत्ता भएको प्रहरीले बताएको थियो।

कालीगण्डकी नदीमा बेपत्ता भएका सुनिल पुनको खोजीको माग गर्दै उनका आफन्त र सुनिल पुन बचाउ अभियानले बुधवार र विहीबार बागलुङ सदरमुकाम बन्द गराएका थिए । प्रहरीले व्यापकरुपमा बेपत्ता पुनको खोजी कार्य जारी राखेको थियो । खोजी कार्यकै सिलसिलामा आज दिउसो पुनको शव अन्तिम समयमा उनी देखिएकै ठाउ तल कालीगण्डकी पुल देखी २ सय मिटर तल बगाउदै गरेको अवस्था देखी स्थानीय र प्रहरीले शव किनारामा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागी धौलागिरी अन्चल अस्पताल ल्याईपुराएको छ । अस्पतालमा आफन्त र स्थानीयहरु भीड लागेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *