सहकारी शिक्षा तथा क्षमता अभिबृद्धि सम्बन्धि २ दिने तालिमको आज समापन

सुमन सुनार, बुर्तिबाङ, २०७४ जेठ ३१ । ढोरपाटन नगरपालिका—१, बुर्तिबाङमा मंगलबार देखि शुरु भएको सहकारी शिक्षा तथा क्षमता अभिबृद्धि सम्बन्धि २ दिने तालिम आज सम्पन्न हुँदै छ । पश्चिम बागलुङका साविक १८ वटा गाविसका नागरिक सचेतना केन्द्रका प्रतिनीधि तथा सामाजिक परिचालकहरुलाइ लक्षित गरी तालिमको आयोजना गरिएको हो ।

सहकारी शिक्षा तगा क्षमता अभिबृद्धि तालिमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले तालिमबाट सिकेका कुराले नागरिक सचेतना केन्द्र र सामाजिक परिचालिकाहरुले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनीधीहरुलाई योजना तर्जुमादेखि लिएर स्थानीय कार्यसम्पादनमा सहयोग गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।

साथै स्थानीय विकास अधिकारी आचार्यले सहकारी शिक्षाले ग्रामिण क्षेत्रका धेरै महिलाहरुलाई जिवीकोपार्जन लागि विनियोजित हुने घम्टिीकोषलाई सदुपयोग गरेर स्वाबलम्बी बन्नको लागि समेत प्ररित गर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङ बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै २ दिनसम्म चल्ने तालिमको उद्देश्को बारेमा जानाकारी गराएका थिए । त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारी र नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना, जिल्ला समन्वय समितिका सूचना प्रविधि कर्मचारी शंकर थापा, नायव सुब्बा पुरुषोत्तम गौतम, डिसिआरडिसीका हरिचन छन्त्याल, ¥यापका कमला शर्मा, सिइडिइपीका विष्णुराज पौडेलको उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका तथा साविकका १८ गाविसका नागरिक सचेतना केन्द्रका संयोजक, सदस्यहरु तथा सामाजिक परिचालकहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत गिता श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *