मल्मको गल्याङमा पहिरोजाँदा मध्य पहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र !

लक्ष्मण चालिसे, गल्कोट २०७४ जेठ ३१ । हिँजो राति देखी परेको अविरल वर्षाका कारण गए राति साढे ११ बजेको समयमा पहिरो जानाले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

गल्कोट नगरपालिका- ९, साविक मल्म गाविसको गल्याङमा पहिरो गएर यातायात अवरुद्ध भएको हो । काठमाडौबाट बुर्तिवाङलाई छुटेका रात्रिबस लगायत बागलुङ तिर बाट बुर्तिवाङ र बुर्तिवाङ देखी बागलुङ लाई छुटेका एक दर्जन सवारी साधनहरु र त्यस्मा यात्रागरिरहेको यात्रुहरु गल्याङमा अलपत्र परेका छन् । पहिरोका कारण छोटो दूरीका सवारी साधनहरु पनि प्रभावित बनेका छन् ।

पहिरो पन्छाउनका लागि आवश्यक पहल भैरहेको र दुई/तीन घण्टा भित्र सवारी सुचारु हुने स्थानीयले बताएका छन् । पहिरो गएको स्थानमा प्रहरी पुगिसकेको छ भने पहिरो पन्छाउने काम सुरु भएको छ ।

तस्वीर- शिशिरबम मल्ल, मल्म ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *