घल्याङ्दी हाईड्रो पावरका मजदूरलाई स्थानीयको धम्की, काम छोडेर ज्याला माग्न प्रशासनमा

म्याग्दी २०७४ जेठ ३० । म्याग्दी जिल्लकाको अन्नपूर्ण गाउपालिका नाच्र्याङको घल्याङ्दी हाईड्रो पावरमा काम गर्ने मजदूरहरुलाई स्थानीय युवाहरुले धम्काउन थालेपछी उनिहरु जिल्ला प्रशासन कार्यालय बेनीमा उजुरी गर्न आएका छन् ।

आयोजनामा काम गर्दै आएका मजदूरहरुलाई स्थानीय युवाहरुले कोठामै आएर काम नगर्न धम्क्याउने गरेपछी उनिहरु डराएर काम छोडी सदरमुकाम बेनी आएका हुन् ।

आयोजनाका मुल ठेकदार धनबहादुर सुनार बेपत्ता रहेको र उनको पेटी कन्ट्याक्टर भएर कामगर्ने वर्कर इन्चार्ज बागलुङ निसीखोला गाउपालिकाको निसीभूजी गोरुजुरे निर्माण सेवाका प्रोपराईटर लालसिँह घर्ती मगरका अनुसार आयोजनामा काम गर्दै आएका २५ जना मजदूरको हालसम्म काम गरेको ज्याला रकम दिलाईपाउन माग गर्दै मगलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लिखित निवेदन दिएका छन् ।

मजदूरहरु मध्य कसैको २०।२२ दिन र कसैको महिना दिन भन्दा बाढी दिनको काम गरेको ज्याला पाउन बाँकी रहेको घर्तीमगरले बताए । उनले यसरी धम्की खाएर असुरक्षित बनेर काम गर्नु भन्दा आफनै कम्पनीबाट काम गर्ने पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *