आर्थिक वर्ष ०७५/०७६ मा सिवाईसीको कारोवार १ अर्व ५ करोड पुग्ने !

सुमन जि.सी, बागलुङ २०७४ जेठ ३० । प्रदेश नं. ४ को उत्कृष्ठ सहकारी संस्थाको रुपमा स्थापीत सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आर्थिक वर्ष ०७५।०७६ सम्ममा आफ्नो कारोवार १ अर्व ५ करोड बनाउने गरी आफ्नो त्रीवर्षिय व्यवसायीक रणनैतीक योजना तयार गरेको छ ।
संस्थाका सञ्चालक समिति, उपसमिति, सदस्य सेवा केन्द्रका संयोजक र व्यवस्थापन टिमको सहभागितामा पोखराको कुटी रिसोर्ट एण्ड स्पामा मिति २०७४ जेठ २७ देखी २९ सम्म आयोजित त्रीवर्षिय व्यवसायीक रणनैतीक योजना तर्जुमा गोष्ठिवाट संस्थालाई यो अवस्थामा पु¥याउने योजना तय गरिएको हो ।

योजनामा आर्थिक वर्ष ०७५।०७६ सम्ममा संस्थाका शेयर सदस्य १० हजार ५ सय, शेयर पुँजी १६ करोड, बचत ७३ करोड ५० लाख, लगानीमा रहिरहने ऋण ८४ करोड, संस्थागत पुँजी ६ करोड ३० लाख पु¥याउने लक्ष्य राखेको छ । संस्थाले यो व्यवासायीक रणनैतीक योजनामा विशेष गरेर वित्तीय योजना, सदस्य सेवाको योजना, आन्तरीक व्यवसायीक योजना र नेतृत्व तथा व्यवस्थापन विकास योजना गरी ४ वटा क्षेत्रलाई आधार मानी तय गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए । योजनामा ३ वर्ष अवधिमा तरलता १५ देखी २० प्रतीशत, नकमाउने सम्पती कुल सम्पतीको ५ प्रतीशत, ऋणको नविकरण पुर्ण रुपले वन्द गर्ने, २ वटा सदस्य सेवाकेन्द्रहरुको विस्तार, बचतमा उल्लेख्य वृद्धि, भाखा नाघेको ऋण न्यूनीकरण लगाएतका विषयहरुलाई प्राथामिकतामा राखीएको पौडेलले बताए ।

३ दिन सम्म सञ्चालतीत कार्यक्रमको प्रशिक्षण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रमको समापन सञको अध्यक्षता संस्थाका अध्यक्ष पौडेल र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए । तालिम कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *