जैमिनी नगरपालिकाका उपमेयर रानालाई पितृ शोक

विजय राना, बागलुङ २०७४ जेठ ३० । बागलुङको जैमिनी नगर पालिकाका उपमेयर लिला रानालाई पितृशोक परेको छ । जैमिनी नगरपालिका वडा न. ७ जैदी बोर निवासी पिता नरजङ्ग रानाको मंगलवार ८५ वर्षको उमेरमा मृत्यु भएको हो ।

स्व नरजङ्ग राना पञ्चायतकालीन राजनितिमा पटक÷पटक वडा सदस्य समेत भएर जनताको सेवा गरेका थिए । पछिल्लो समयमा समाज सेवामा सक्रिय रानाको मृत्युको खबरले गाऊँ नै शोकाकुल बनेको छ । रानाको आज नै जैमिनी नगरपालिका ७ जैदी बेलबेगरमा अन्त्योष्टि गरिने पविारले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *