आफैमा सुन्दर छ, काँडेवास

लक्ष्मण चालिसे, गल्कोट २०७४ जेठ ३० । काँडेवास, स्थानीय तहको पुनर्संसचना हुनु अगाडी गाउँ विकास समितिको रुपमा रहेको थियो भने अहिले गल्कोट नगरपालिकाको ८ नं वडामा पर्दछ । यसको पूर्वमा हटिया पश्चिममा गुल्मीको अर्लाङकोट उतरमा मल्म दक्षिणमा सुखैरा पर्दछ ।

अबिरल बगिरहने दरम खोलाले चिरेर बनको काँडेवास आफैमा सुन्दर छ । भूबनावट हेर्दा काँडेवासलाई पहाडी क्षेत्र मान्नु पर्छ तर थाले पोखरा, उचाका जस्ता उच्च भूभाग र दरम खोला किनारका कृषि योग्य समथर भूभागको समिश्रण रहेको काँडेवास प्राकृतिक श्रोत र साधनले धनी मानिन्छ । भौगोलिक विविधता भएको काँडेवासको जलवायु कृषिजन्य उत्पादनका निम्ति उपयुक्त मानिन्छ ।

२०७० सालको तथ्याँक अनुसार काँडेवासका ५४८ घरधुरीमा ३५३९ जनसंख्या रहेको देखिन्छ । तर पछिल्लो समय अधिकाँश युवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन हुने र स्वदेश फर्किएपछी सुगमस्थलतिर बसाई सराई गर्दे प्रचलन बढेपछी युवा शुन्य काँडेवास बन्दै गएको छ । यहाँ अधिकाँश युवाहरुको रोजगारीको गन्तव्य जापान, अमेरिका, अस्ट्रेलिया, दुबई, कतार, साउदी अरब लगायतका देशहरु बनेका छन् । धनोपार्जनका निम्ति विदेशीने होडबाजीले युवाहरुको ठुलो संख्या गाउँबाट पलायन भएको छ । गाउँमा विकासको गतिपनि सुस्त रहेको छ ।

काडेबासमा विविध जाति, वर्ग, धर्म, संस्कार, पेशाका मानिसहरु बस्दै आयका छन सबैको परस्पर साझा पहिचान भनेकै ‘हामी एकै हौ’ भन्ने हो ।

भौगोलिक विविधता रहेको काँडेवासका उच्च स्थानमा रहेका उचाका र थालेपोखरामा अभैmपनि हिउदको समयमा घैँटोमा सङ्कलित आकासे पानीबाट पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । उचाका गाउका १८ घरधुरी र एक विद्यालयमा २०६९ सालदेखि घैँटोमा आकासे पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् । घैँटोमा सङ्कलन गरिएको पानीकै भरमा हिउदका चार महिना बिताउछन त्यहाँका बासिन्दा ।

काडेबासलाइ आर्थिक दृष्टिकोणले आत्मनिर्भर, , पर्यटकीय दृष्टिकोणले अगाडि, शैक्षिक हिसाबमा साक्षर बनाउने हो भने आवश्वयक जनशक्ति उत्पादन गरी यहाँ भएका जडिबुटी प्रसोधन गर्ने, खेतीयोग्य जमीनमा वैज्ञानिक कृषि प्रणाली लागू गरी व्यवसायिक कृषि खेती गर्ने, पर्यटकीय काडेबासको सामाजिक संरचनालाई हेर्दा यहाँ केही जातीय उत्पीडन र वर्गीय असमानता हुँदाहुँदै पनिअनेकतामा एकता र एकतामा अनेकताको विशेषता भएको समाज यहाँ पाइन्छ । यहाँ आफ्नै मौलिक पहिचान र सामाजिक सद्भाव भएका विभिन्न जाति, जनजाति र दलित समुदायको बसोबास रहेको छ । काडेबास मौलिक पहिचान भनेकै त्यहाँको वंशाणुगत रक्त सम्बन्ध, आपसीण वैवाहिकसम्बन्ध, मितेरी साइनो, आपसी श्रम विभाजन, श्रम साटासाट, हुद्दा, पर्मा, साझा देवी देवताको थान–मन्दिर, साझा चाडपर्व र धान, मकै, आलु, भाङ्गो, मुलाका जस्ता बस्तु विनिमय गरी स्थानीय पहिचान दिनु, व्यवहारिक समस्या सुल्झाउनु र भ्रातृत्वको भावना विकास गर्नु हो । यो साझा सामाजिक पहिचानलाई जोगाइ राख्नु हामी सबैको उत्तिकै कर्तव्य र अधिकार हो ।


सबै किसिमको हावापानी पाईने भएकाले काडेबासको लेक तर्फ स्याउ फल्न सक्दछ भने बीचमा सुन्तला , नासपाती , आरु , पलम , कागती, भोगटे जस्ता उत्पादन भएको छ । बेसी तर्फ नासपाती, अम्बा , रुख कटर , भुई कटर , सुन्तला , आप , लीची उत्पादन हुने गरेको छ । पानी प्रसस्त भएको क्षेत्र भएकाले फलफुल व्यवसाय फस्टाउन सक्दछ ।

भौगोलिक बनावटका हिसाबले काडेबास पूण पहाडी क्षेत्र भएर पनि यसको संरचना लेक र बेसी मिलेर बनेको छ ।माथिल्लो भागलाई लेक भनिन्छ । यो हावापानीको हिसावमा कहे कम तप्कर्म हुने र हिउदमा धेरै चिसो हुन्छ र कहीलेकाइ हिउ पनि पर्दछ । तापक्रम केहि बढी भएको जमिन खेत र खोलाको तिर नजिक पर्ने तल्लो भागलाई बेसी भनिन्छ । यस क्षेत्रमा तुलानात्मक रुपले बढी उब्जनी हुन्छ र बलि केहि छिटो पाक्ने हुदा बर्समा तीन पटक बालि लगाउन सकिन्छ । यी दुवै क्षेत्र को प्राकृतिक बनावट पनि भिन्न छ ।

काडेबासमा कृषिमा अत्यन्तै उर्वर छ, पचुवा र दरम खोलाले सिचाई गर्ने अधिकाम्स क्षेत्रमा बर्षको तीनपटक कृषिजन्य वस्तु उत्पादन हुन्छ । काडेबास लेक संग वन क्षेत्र जोडिएको हुदा पशुपालनको अत्यधिक सम्भावना छ । गाइ , भैसी , बाख्रापालनलाई प्राथामीक दिएर व्यवसाय गर्ने हो भने हरेक
किसानको कृषि उत्पादन बढ्नुको साथै दुध र मासुबाट राम्रो आम्दानी गर्न सक्छन । बाख्रापालन बाट पनि कृषकले उचित आम्दानी गर्न सक्छन ।

काडेबासमा दुईवटा माध्यमिक बिदयालय छन् भने प्रत्यक गाउँगाउँमा एक एक वटा प्राबि छन भौगोलिक बनाबटका कारण माध्यमिक बिदयालय बेसी भएकाले लेक तिर रहेका विद्यार्थी दैनिक ३/४ घन्टा हिडेर बिद्यालय जान्छन् ।

यस क्षेत्रमा उपलब्ध प्राकृतिक सम्पदा र मानविय स्रोत र साधनको प्रयोग र प्रचारप्रसार हुन सकेको छैन । यीनिहरुलाई ब्यवस्थित गरि अधिकतम परिचालन गर्न सक्ने हो भने काडेबासको चिनारी दिने अरु नया आधार र प्रतिकहरु बन्न सक्दछन् । यसबाट काडेबासको समग्र विकासका लागि प्रसस्त
सम्भावना छन् र यसतर्फ अझै काडेबास बासीहरुको ध्यान पुग्न सकेको छैन । भोलिको लागी समेत कुनै ठोस योजना रहेको छैन् ।

काडेबास प्राकतिक साधन र स्रोतले धनी क्षेत्र हो । यहाँ , तामा, सिसा, स्लेट आदि खानीका स्रोतहरु सबै काडेबासका साझा सम्पत्ति हुन् । साथै जल, जङ्गल र जमिनमा पनि सबै काडेबासको साझा अधिकार भएको पाइन्छ । अधिकांश काडेबास दरम, र पचुपा खोलाका किनारमा खेत, बिच पहाडमा घरबारी र लेखमा , गोठ, चउर र सामुदायिक वन रहेको पाइन्छ । यी साझा प्राकृतिक साधन र स्रोत हुन । काडेबास क्षेत्रका यी साझा प्राकृतिक साधन र स्रोतको सदुपयोग गर्न पनियसको महत्त्व पहिचानलाई जोगाइ राख्नु पर्ने हुन्छ ।

पूर्वपश्चिम पहाडी लोकमार्गले काडेबासलाई सुगम बनाउँदै छ । यो लोकमार्गले काडेबासको ,पचुबा काडेबास बजार चालिसेटोला, लगायतका गाउँ सुगम बनाएको छ भने थालेपोखरा ज्यामिरे गाउँ पनि शाखा मार्गको ढोका खोलि दिएको छ । हटिया चालिसेटोला, थालेपोखरा र गुल्मीको शान्तिपुर सम्मको मोटर बाटो पनि सुचारू भएको छ । यो यातायात सुविधाले अब काडेबासको शिक्षा, स्वास्थ्य, संचार,जलविद्युत र विविध उद्योगको ढोका खोलि दिएको छ ।काडेबास क्षेत्रको यो सम्भावनालाई विखण्डित हुन नदिन जोगाई राख्न जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *