पाण्डबखानीमा गोठ जलेर खरानी, भैँसी म-यो, धनमाल नष्ट !

सुरेश छन्त्याल, गल्कोट २०७४ जेठ ३० । गल्कोट नगरपालिका १० पाण्डबखानीमा खर्क बहादुर पुनको गोठमा हिजो राति ८ बजेतिर लागेको आगोले गोठ जलेर खरानी भएको छ । गोठमा रहेका अन्य सामानहरुका साथै भैँसी मरेको स्थानीयले बताएका छन् । पाडोलाईपनि आगोको रापले भेटेकोले बाँच्ने संभावन कम भएको बतार्ईएको छ ।

हिँजो दिउँसो गोठमा खाजा पकाएर खाएको र हावाले आगो सल्किएर गोठ ध्वस्त भएको आशंका गरिएको छ ।

स्थानीयले रातको ८ बजेतिर गोठमा आगो लागेको देखेको बताए पनि आगो निभाउने प्रयास नभएपछी गोठ जलेर नष्ट भएको हो ।

वडा अध्यक्ष तिलक घर्ती मगर, धनबहादुर सुनार, पत्रकार सुरेश छन्त्याल, कुमार थापा संगै स्थानीयले घटनाको निरीक्षण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *