ढोनपा- ४ लुकुरवनका महिलाको सक्रियतामा सामुदायिक महिला भवन निर्माण सुरु

सुमन सुनार, बुर्तिबाङ, २०७४ जेठ ३० ।जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ४ अर्थात साविकको खुंगा गाउँ विकास समिति वडा नं. ६, ७ र ९ का महिलाले संयुक्त रुपमा महिला सामुदायिक भवन निर्माण शुरु गरेका छन् ।

साविकको खुंगा गाँउ विकास समिति वडा नं. ७ को चिनिखेत भन्ने स्थानमा एक कोठे भवन निर्माण कार्य गत विहिबार बाट थालिएको सुनौलो विहानी महिला समुहकी अध्यक्ष टेकसरा अर्गेजाले बताईन् ।

महिलाले गाँउ स्तरिय कार्यक्रम, बैठक, भेला गर्दा खुल्ला आकास मुनी, पाखा, चौरमा बस्न समस्या भएको र गाँउमा बालबालीकालाई खोप लगाउन समेत महिलाहरुलाई समस्या भएको भन्दै उक्त भवन निर्माण सुरु गरिएको बताइएको छ ।

यस्तै अन्य सामुदायिक भवन, विद्यालय लगायतका स्थानमा कार्यक्रम गर्दा असजिलो हुने, कार्यक्रमहरु जुध्दा आफुहरुले कार्यक्रम गर्न समस्या हुने, झरी, बादलमा समस्या हुने गरेकाले ३ वडा का महिला समुहले संयुक्त रुपमा भवन निर्माण थालिएको महिलाहरुले बताएका छन् ।
भवन निर्माण गाविसको लक्षित वर्ग तर्फको आर्थिक वर्ष २०७२÷०७३ को गाविस परिषदबाट विनियोजित रकम १ लाख ५० हजार र आर्थिक वर्ष २०७३÷०७४ को गाविस परिषदबाट विनियोजित रकम १ लाख ५० हजार गरि कुल ३ लाखको लागतमा उक्त भवन निर्माण सुरु गरिएको बताइएको छ ।

वर्षातको समय भएकाले काम गर्न केहि ढिलाई हुने भएकाले आगामी १ महिना भित्र भवन निर्माण सकिने वडा नं. ७ की अध्यक्ष अर्गेजाले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *