अवैध नेटवर्क संचालन गर्ने १४ जनालाई नियन्त्रणमा लिई ठगी कसूरमा अनुसन्धान सुरु

काठमाडौँ, २०७४ जेठ ३० । विगत लामो समयदेखि क्युनेट नेटवर्किङ कम्पनीको नामबाट अनलाईन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधारणलाई क्यूनेटको सदस्य बनाउने भनि बिभिन्न परिमाणमा रकम लिई सदस्यहरु बनाई नेपालमा अवैध रहेको नेटवर्क संचालन गर्ने कार्यमा संलग्न १४ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले आइतबार बानेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईलामकी २५ वर्षीया प्रकृती बुढाथोकी, काठमाडौंकी २८ वर्षीया श्वेता बस्नेत, काठमाडौंकी २६ वर्षीया सृजना सिंह, काठमाडौंकी २९ वर्षीया अंकिता श्रेष्ठ, पाल्पाका २५ वर्षीय बिकल्प श्रेष्ठ, भक्तपुरका २९ वर्षीय क्षितिज पौडेल, लमजुङका ३० वर्षीय नरेश मल्ल, काठमाडौंका २२ वर्षीय ओम गुरुङ, काठमाडौंका २९ वर्षीय बिशन गुरुङ, कैलालीका ३३ वर्षीय किरण जोशी, काठमाडौंका ३० वर्षीय सुमित मानन्धर, पर्साका २९ वर्षीय सौरभ गोयन्का, बाँकेका ३० वर्षीय सुमित श्रेष्ठ र काठमाडौंका ३२ वर्षीय प्रमेश मानन्धर रहेका छन् ।

नेटवर्क व्यवसायको नाममा गैरकानुनी तवरले सर्वसाधारण समेतलाई सदस्यता बापत ठूलो रकम लिई नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी भइरहेको, भ्रम सृजना गराउने किसिमको बिभिन्न आकर्षक योजनाहरूको सम्बन्धमा सदस्यहरूलाई बन्द प्रशिक्षण दिने गरेको जानकारीको आधारमा काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित सिद्धार्थ फूडल्याण्ड प्रालिमा सञ्चालन भइरेको क्यूनेट सम्बन्धी बन्द प्रशिक्षणमा सहभागी १ सय २ जनालाई नियन्त्रणमा लिएकोमा प्रारम्भिक छानविन पश्चात १४ जना सक्रिय ब्यक्तिहरू उपर ठगी गरेको कसुरमा कानुन बमोजिम अनुसन्धान कारवाही अगाडी बढाइएको उक्त ब्यूरोले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *