समाजसेवी शर्माको असामयिक निधनबाट समाजलाई अपूरणीय क्षती

बागलुङ २०७४ जेठ ३० । सुगंगा स्मृति कोष बागलुङले सुगंगा सम्मानबाट सम्मानित शिक्षा प्रेमी एवं वरिष्ठ समाजसेवी हेमराज शर्मा पौडेलको ८६ वर्षको उमेरमा देहावसान भएकोमा हार्दिक श्रद्धान्जलि अर्पण गरेको छ ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले स्व. शर्मा पौडेलको असामयिक निधनले समाजलाई अपूरणीय क्षति पुगेको भन्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

हिँजो जेठ २९ गते बसेको कोषको बैठकले कोषका सदस्य रामप्रसाद उपाध्याय धौलागिरी बहुमुखी क्याम्पसको प्रमुख पदमा त्रिविविबाट दोश्रो पटक नियुक्त हुनुभएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालको कामना गरेको छ ।

यसैगरी कोषका सदस्य सचिव ज्ञानेन्द्र गौतम हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिका ११ रायडाँडाको वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा हादिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिने बैठकले निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *