सातौँ सुगंगा पुरस्कार पूर्व प्रधानन्यायाधीश श्रेष्ठ र सुगंगा सम्मान पूर्व राज्यमन्त्री गौचनलाई प्रदान गरिने

बागलुङ २०७४ जेठ २९ । सुगंगा स्मृति कोषबाट यस वर्षको सातौँ सुगंगा पुरस्कार पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सुगंगा सम्मान पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनलाई प्रदान गरिने भएको छ ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा आज कोषको कार्यालयमा बसेको बैठकले न्याय क्षेत्रमा दक्ष, निष्पक्ष र निडरतापूर्वक कार्यसम्पादन गरी समाजमा पुयाएको योगदानको कदर गर्दै यस वर्षको सातौँ सुगंगा पुरस्कार पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेकोे हो ।

यसैगरी बागलुङका अग्रज पत्रकार, अनुसन्धानकर्ता, समाजसेवी पूर्वराज्यमन्त्री गौचनलाई यस वर्षको सुगंगा सम्मानबाट सम्मानित गरिने बैठकले निर्णय गरेको छ ।

२०६६ सालमा स्थापित कोषबाट पहिलो सुगंगा पुरस्कार एबीसी न्यूजका प्रवन्ध निर्देशक तथा पत्रकार शुभशंकर कँडेल, दोश्रो पुरस्कार समाजसेवी देवबहादुर श्रेष्ठ, तेश्रो पुरस्कार लाकेगायक खड्ग गर्वुजा, चौथो पुरस्कार समाजसेवी भोलाप्रसाद शर्मा, पाचौँ पुरस्कार सन्चार प्रविधि क्षत्रका विज्ञ महावीर पुन र छैठौँ पुरस्कार राससका सम्पादक एकराज पाठकलाई प्रदान गरिएको कोषका सदस्य एवं धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।

यसै गरी पहिलो सुगंगा सम्मान समाजसेवी रामलाल शाक्य(स्व), दोश्रो सम्मान शिक्षा प्रेमी एवं समाजसेवी हेमराज शर्मा (स्व) र तेश्रो सम्मान समाजसेवी शक्तिबहादुर खडकालाई प्रदान गरिएको छ । पहिलो सुगंगा प्रोत्साहन पुरस्कार पत्रकार अगन्धर तिवारीलाई प्रदान गरिएको कोषका सदस्य एवं अधिवक्ता काजी गाउँले श्रेष्ठले बताए ।

प्रत्यक दुई वर्षका प्रदान गरिने सुगंगा पुरस्कारको राशी रु २५ हजार ५ रहेको छ ।

स्व. सुमित्रा खड्का र स्व. गंगा खड्काको स्मृतिमा विदुर खड्का व्दारा स्थापित पुरस्कार आगामी असार १८ गते बागलुङ सदरमुकाममा प्रदान गरिने कोषका सदस्य सचिव पत्रकार ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *