साउदीमा गाडी दुर्घटना हुदा बागलुङ बडीगाडका एक युवकको मृत्यु

बिमल खड्का बागलुङ २०७४ जेठ २९ । साउदी अरबमा अल सदावी कम्पनीमा रोजगारका लागि गएका एक नेपाली युवका आईतबार बिहान ५ बजे गाडी दुर्घटनामा परि मृत्यु भएको छ । बागलुङ जिल्ला बडीगाड गाउँपालिका वडा ७ बर्ष २५ का भिम बहादुर केसी र एक बङ्गाली नागरिको घटना स्थलमै मृत्यु भएको हो भने २ जना गम्भीर घाईते भएका छन ।

घाईते हुनेमा एक बङ्गाली र एक ईन्डियन नागरिक रहेका बताईएको छ ।आईतबार नेपाली समय अनुसार बिहान ५ बजे मुस्लिमहरुको रमजन पर्वका लागी हापड सिटीबाट सामान लिएर अअउदै गरेको गाडीलाई टे्लरले ठक्कर दिदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो

मृत्यु हुने नेपाली युवक बिगत ४ बर्ष देखि रोजगारीका लागि साउदीमा लाईट गाडी चलाउदै आएका थिए ।

घाइते बङ्गाली र ईन्डियन नागरिकको उपचार भइरहेको तुल बहादुर खत्रीले बताए।

स्मरण रहोस मृतक नेपाली युवकका श्रीमती र एक छोरी रहेका छन । उनका परिवारले चाँडो भन्दा चाँडो शव नेपाल ल्याउन नेपाल सरकारलाई कदम चलाउन आग्रह गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *