गुल्मीमा गाउपालिका प्रमुखको पहिलो महिला उमेदवार बनिन, विमला थापा

प्रेम सुनार गुल्मी, २०७४ जेठ२८ । गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानिय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उमेदवार भने एक जना मात्रै उठाईएको छ । तिन प्रमुख दल सहित ११ वटा क्रियाशिल राजनैतिक दलहरु मध्ये माओवादी केन्द्रले मात्र ईस्मा गाउँपालिका प्रमुख उमेदवारमा महिला उठाएको हो ।

नेकपा माओवादी केन्द्र ईस्मा गाउँपालिका कमिटीको आज वसेको बैठकले ईस्मा गाउँपालिका प्रमुख पदमा विमला थापालाई उठाउने निर्णय गरी उनको नेतृत्वमा आजै सो पार्टीले आफनो प्यानल घोषणा गरेकोे छ । ईस्मा वडा नम्वर ५ , साविकको ईस्मारजस्थल गाविसकी ३७ वर्षिया थापा माओवादी जनयुद्ध काल देखिकी सक्रिय कार्यकर्ता रहेको र अनेम संघ (क्रान्किारी )की जिल्ला सदस्य तथा ईस्मा गाउँपालिका स्तरिय संगठनकी कोषाध्यक्ष हुन् ।

यहाँका कुनै पनि दलले महिलालाई प्रमुख पदको उमेदवार नउठाएको अवस्थामा आफुहरुले लामो समय देखिकी सक्रिय कार्यकर्ता थापाको योगदानको कदर गर्दै प्रमुख पदमा उमेदवार उठाएको सो पार्टीको पोलिट्व्युरो सदस्य तथा जिल्ला ईञ्चार्ज दिनेश पन्थीले बताए ।

प्रमुख पदमा पार्टीले उठाउला भन्ने लागेको थियो ? भन्ने प्रश्नमा थापाले भनिन् पार्टीले पनि मौका दियो र म आफुले पनि महिलालो पनि केहि गर्न सक्छन भन्ने देखाउनका लागि उमेदवारीका लागि जोड गरेको प्रतिकृया दिईन् । उनले ईस्मावासीले आफु महिला उमेदवारलाई जिताउने कुरामा विश्वास्त रहेको बताईन् ।

त्यस्तै उनको प्यानलमा माओवादी केन्द्रका जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा उप प्रमुखको उमेदवार चयन भएका छन् । साविकको अमरपुर १ का वासीन्दा बोहरा त्यस भेगमा अगुवा समाज सेवीका रुपमा परिचीत छन् । द्धन्द्धकाल देखि नै माओवादीको राजनीतिका सक्रिय हुँदै आएका वोहरा गुल्मी उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत हुन भने अमरपुरका विभिन्न शैक्षिक संस्था तथा विकास निमार्णमा आगुवाई समेत गर्दै आएका छन् । उनले गाउँ प्रमुख , उप प्रमुख सहित आङ्ग†नो प्यानल विजयी हुने दावि गरे ।

त्यस्तै माओवादी केन्द्रले ईस्मा गाउँपालिका वडा नम्वर १ को हस्तीचौरमा शिव कुँवर र साविकको सोही गाविस र हालको ईस्मा वडा नम्वर २ को वडा अध्यक्षमा राहुल बिकलाई वडा अध्यक्षको उमेदवार खडा गरेको छ । त्यस्तै वडा नम्वर ३ , साविकको दर्लामचौरको वडा अध्यक्षमा प्रकाश अधिकारी र वडा नम्वर ४ साविको दोहलीको वडा अध्यक्षमा दानबहादुर नेपालीलाई वडा अध्यक्षमा खडा गरेको छ ।

त्यस्तै वडा नम्वर ५ साविकको ईस्मारजस्थलको वडा अध्यक्षमा वसन्त सुनार र वडा नम्वर ६ साविकको अमरपुर वडा अध्यक्षमा वालु गिरी वडा अध्यक्षको उमेदवार चयन भएका छन् । आज विहान सम्म नेपाली काग्रेस संग तालमेलको चर्चा चलिरहेकै वेला माओवादी केन्द्रले केहि पदहरुमा असन्तुष्ट हुँदै दिउँसो आफनो एकल प्यानल घोषणा गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *