भुजी मावि अधिकारीचौरमा बाल संरक्षण सम्वन्धीे अभिमुखीकरण कार्यक्रम

सुमन सुनार, बुर्तिवाङ २०७४ जेठ २८ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौर स्थीत भुजी माध्यमिक विद्यालयमा आईतबार बाल संरक्षण निति सम्वन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा दलित सशक्तीकरण केन्द्र बागलुङको आयोजनामा समावेसी शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता रहेको थियो भने दलित स–शक्तिकरण केन्द्र बागलुङका कार्यक्रम अधिकृत श्याम विश्वकर्मा, भुजी माध्यमिक विद्यालयका प्रधानध्यापक चुँडामणी पौडेलको सहभागित रहको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बाल संरक्षण नितिलाई बालबालिका केन्द्रीत मात्र नगराई अभिभावक, समुदाय सम्म पु¥याउनु पर्ने कुरामा जोड दिएका थिए । यस्तै कार्यक्रममा दलित स–शक्तिकरण केन्द्र बागलुङका फिल्ड सुपरभाइजर गोपाल विश्वकर्माले बाल संरक्षण निति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भुजी माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ, विद्यालय ब्यवस्थापन समिति, बाल क्लव लगायत सरोकारवालाहरुको उपस्थीती रहेका थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *