विनय महिला साकोस नवलपरासीको टोलीव्दारा सिवाईसीको स्थलगत अवलोकन

सुमन जि.सी. बागलुङ, २०७४ जेठ २८ । विनय महिला साकोस नवलपरासीको टोलीद्धारा बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङको स्थलगत अवलोकन तथा संस्थाले गरेका गतिविधिहरुको वारेमा छलफल र अन्तरक्रिया कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

अन्तरकृया कार्यक्रममा भ्रमण कार्यक्रमको आशा अपेक्षाको वारेमा विनय महिला साकोस नवलपरासीका अध्यक्ष रेखा अधिकारीले जानकारी गराएकी थिइन भने बागलुङको सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका गतिवीधिहरुको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराउँदै नेपालको सहकारी अभियानलाई अगाडि वढाउन महिला सहकारीहरुले महत्वपूर्ण भूमीका खेलेको बताएका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य संगिता शर्मा पौडेलले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *