काठेखोला- ६ को पदभार ग्रहण : पशु र कृषिको विमा अभियान सञ्चालन गरिने

बागलुङ, २०७४ जेठ २८ । स्थानीय तह निर्वाचनबाट बागलुङको काठेखोला गाउँपालिका वडा न.ं ६ बिहुमा निर्वाचित वडा अध्यक्ष र सदस्यहरुको पदभार ग्रहण कार्यक्रम आइतवार सम्पन्न भएको छ । वडा अध्यक्ष युक्तप्रसाद कंडेल लगायत वडा सदस्यहरुले एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले काठेखोलाको समृद्धिका लागि कृषि, पर्यटन, जलस्रोत र जडिबुटी लगायत स्थानीय स्रोतको पहिचान र परिचालनमा विशेष जोड दिइने बताए । उनले कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सक्षम किसान, अगुवा किसान र आत्मनिर्भर किसान बनाउने अभियान सञ्चालन गरिने जानकारी पनि दिए ।

कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै ले शिक्षा, कृषि, यातायात, खानेपानी, स्वास्थ्य, सिंचाई, विद्युत, भूसंरक्षण लगायतका विषयलाई प्राथमिकताका साथ सुधार गर्दै लैजाने बताएका थिए ।

उत्पादन क्षेत्रमा लागेका कृषकहरुलाई निर्धक्कसंग यो क्षेत्रमा क्रियाशिल रहनका लागि पशु तथा कृषिको विमा अभियान सञ्चालन गरी आत्मनिर्भरर कृषक बनाउने, सामाजिक सुरक्षा भत्ता जनताको घरघरमै वितरण गर्न पहल गर्ने लगायतका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो ।

लामो समय सहकारी मार्फत दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्दै आउनु भएका वडा अध्यक्ष कंडेलले सहकारीका माध्यमबाट वडाको समग्र विकासका लागि आफुले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, काठेखोला गाउँपालिका वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष युक्तप्रसाद कंडेल, नेपाली कांग्रेसका प्रतिनिधि भवानीशंकर कंडेल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चक्रपाणी कंडेल, राप्रपाका प्रतिनिधि देवीप्रसाद कंडेल, राष्ट्रिय जनमोर्चाका प्रतितिधि परशुराम कंडेल, भीमसेन माविका प्रधानाध्यापक रघुनाथ कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा सचिव मनोज कार्कीको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख रितेशकुमार कर्णको सञ्चालन र सामाजिक परिचालक शर्मिला कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच काँठेखोला गाउँपालिका वडा नं.६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले १ वर्षभित्र वडामा रहेका विद्युतका काठे पोलहरु विस्थापित गरी फलामे पोलको व्यवस्था गर्ने, विद्युत महसुल वडा मै संकलनका लागि काउण्टर सञ्चालन गर्ने, जनतालाई निरन्तर रुपमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने लगायतका निर्णय गरेको वडा अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *