बागलुङ्गे स्रष्टा रामअन्जान परियायारको अर्को लोक तथा दोहोरी सिर्जना बजारमा

प्रशान्त घर्तिमगर, बुर्तिबाङ, २०७४ जेठ २८ । प्रवासमा रहेर पनि नेपाली लोक गीत/संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बागलुङ्गे स्रष्टा रामअन्जान परियायारको अर्को लोक तथा दोहोरी सिर्जना बजारमा सार्वजनिक भएको छ । हिम सम्झौता डिजिटल म्यूजिक प्रा.लि. काठमाडौको उत्पादन तथा बजार व्यवस्थापनमा बजारमा आएको चिसो हावा पिपल छायाँको…… बोलको गीतले स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

चर्चित लोक दोहोरी गायिका देवी घर्ती र प्रवासी लोक दोहोरी गायक बिनोद लामिछानेको सुमधुर आवाजमा सजिएको यो गीतमा लय तथा शब्द रामअन्जान परियारको रहेको छ । यस गितको म्यूजिक भिडियोलाई एकिन्द्र सारा शंकरले निर्देशन गरेका हुन् भने छायाङ्कन तथा सम्पादन क्रमशः करण चौसिर र अमर शाक्यको रहेको छ ।

अर्को सम्झनयोग्य कुरा के छ भने, यस गीतको म्यूजिक भिडियोमार्फत चर्चित लोक तथा दाहोरी गायक राजु परियारकी छोरी रेजिना परियारले मोडलिङमा डेब्यु गरेकी छिन भने गीतमा चर्चित मोडल दुर्गेश थापाको समेत अभिनय हेर्न पाइने छ ।

पछिल्लो समयमा लोकगित संगीतको क्षेत्रमा विकृति पैदा हुँदा वास्तविक लोक भाव समेटिएका सिर्जनाहरु सुन्न मुस्किल भएको अवस्थामा आफुले धेरैभन्दा धेरै टिपिकल लोकभावलाई गीतमा समेट्ने प्रयास गरेको परियारले बताए ।

वि.स. २०४४ सालको पौष ७ गते सुदुर पश्चिमी बागलुङको ढोरपाटन नगरपालिका—५ साविक अधिकारीचौर गाविस वडा नं ७ को दोगाडीमा जन्मिएका परियारले वि.स.२०६६ सालबाट सांगीतिक क्षेत्रमा पाइला चालेका हुन् ।

काँडा त टेक्नै मन छैन…… बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा आएकी परियारले ढाका चोलीमा…….., दाङ सल्यान श्रीनगर……. जस्ता चर्चित गीत बजारमा ल्याएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *