पाडबखानीमा जङगली साग खाँदा एकको मृत्यु

सुरेश छन्तयाल, गल्कोट २०७४ जेठ २८ । जङ्गलबाट टिपेर ल्याएको साग खादा बागलुङ गल्कोट नगरपालिका- १० पाडबखानी निवासी दुर्गा बहादुर काउचा मगरको गए राती मृत्यु भएको छ।

जङ्गलबाट ल्याएको साग खादा उनी एक्कासी बिरामी परेका थिए। गाउका अरुले पनि साग खाएको तर समान्य बिरामी परेको बताएका छ्न ।
काउचाको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छ्न।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लागिएको छ ।

साग खाने अन्य केहि व्यक्ति सामान्य विरामी परेको स्थानीयले बताएका छन् । यसैवीच अर्का बिरामी मृतकका काका ६० वर्षिय जंगबहादुर भन्ने जीतबहादुर काउचाको धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *