मलाई कामुक देख्ने तिम्रो नियत खराबी हो !

अनावस्यक लेख्ने तिम्रो नियत खराबी हो,
भेटेदा बाटो छेक्ने तिम्रो नियत खराबी हो,
यी नयन, चेहरा अनि मुस्कान जन्मजात नशालु थिए,
मलाई कामुक देख्ने तिम्रो नियत खराबी हो ।

***
जुन दिन तिम्रो दैलोमा मेरो पाउ हुनेछ,
हाम्रो भावनालाई जोड्ने एउटा साउँ हुनेछ,
दुख, पीर, बेदना र आँशुको सट्टा
माया नै मायाले भरिएको तलाउ हुनेछ ।

***
किन होला तिमी सँग पटक–पटक भेट हुन्छ,
न त कहिल्यै भन्यौ तिमी हरीलठ्ठक भेट हुन्छ,
देखे भने जोरीपारी जब कुरा काट्न थाल्छन्,
बिछोडिएका प्रेमीको एक घटक भेट हुन्छ,

राजेन्द्र ढकाल
बागलुङ
२०७४ जेठ २८ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *