गनपा-१० पाण्डबखानीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुरेश छन्त्याल, गल्कोट २०७४ जेठ २८ । गलकोट नगरपालिका वार्ड नम्बर १० मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष तिलक घर्ती मगरको सभापतित्वमा स्वास्थ, कृषि, भेटनरी सम्बन्धि सहजिकरण भएको छ।

गिरिप्रसाद घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिको आयोजना गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानीको व्यवस्थापन र दिप ज्योति युवा क्लबको सहजिकरणमा पाण्डबखानीमा भएका जनसमुदाय विच अन्तरक्रिया भएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत प्रेमप्रसाद शर्मा

गाविस सजिव जनकराज शर्मा जिल्ला पशु कार्यालयका पुस्कर आर्चाय जिल्ला कृषि कार्यालयका कृष्णा विक, जिल्ला स्वास्थ कार्यालयका अनिता कार्कीले समुदायले उठाएको समस्याको सहजिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन जिविस नासु टेक रोकाले गर्नु गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *