धौलागिरी सामुदायिक स्रोत बिकास केन्द्र को आयोजनामा गोष्ठी तथा सम्मान

डम्मर बुढा मगर बुर्तिबाङ @)&$ जे7 २७ . धौलागिरी स्रोत बिकास केन्द्र (DCRDC)को आयोजनामा शुक्रबार निसीखोला गाउँपालिका अन्तर्गतको वडा नम्बर ४ झिवाखोला केन्द्रमा गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्र नम्बर ७३ को केन्द्र प्रमुख निर्माया कुँवरको अध्यक्षता,निसीखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलको प्रमुख आथ्यित्यता, धौलागिरी स्रोत बिकास केन्द्र का सल्लाहकार समिति सदस्य डा.सुदर्शन शाक्यको आथित्यता, लघुबित्त बिभागका अधिकृत गणेश पौडेल, शाखा कार्यालय हाटियाका शाखा प्रबन्धक भरत खत्री, स्थानीय समाजसेवी, बुद्धिजीबी राजनीतिक दल लगाएको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्वना भएका केन्द्रलाई र उत्कृष्ट बचत,उत्कृष्ट केन्द्र प्रमुख र उत्कृष्ट ॠणीलाइ पुरस्कृत समेत गरिएको थियो ।जसमा ढुवाखोर केन्द्र नम्बर ६२ प्रथम,कानाबगर केन्द्र नम्बर ७४ द्वितीय,लगनशील केन्द्र नम्बर १५ हर्पे तृतीय र बोहरागाउँ केन्द्र नम्बर ६६ लाई प्रगतिशील पुरस्कार दिइएको थियो भने उत्कृष्ट बचत मा केन्द्र ८२ को सदस्य बालकुमारी खत्री, उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नम्बर ७३ कि निर्माया कुँवर,उत्कृष्ट ॠणीमा केन्द्र नम्बर ३४ कि जानू कुँवर पुरस्कृत गरिएको थियो।साथमा निसीखोला गाउँपालीका अन्तर्गतका नवनिर्वाचित प्रमुख,उप प्रमुख र वडा अध्यक्ष, सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम कर्मचारी गणेश थापाको स्वागत मGतव्य र धौलागिरी स्रोत बिकास केन्द्र केन्द्रीय कार्यालय बागलुङका लेखा परिक्षक रामचन्द्र पौडेलको सञ्चालन मा समापन भएको थियो ।

भोलि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडLगाड गाउँपालिका र गुल्मीको मालिका गाउँपलिका अन्तर्गतको बुर्तिबाङ चुरेलावासको थकाली सेवासमाजको भवनमा हुने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *