गाउपालिकाको समग्र विकासको लागि ताराखोलावासी एक भएर लाग्नु पर्ने अन्तरक्रियाको निष्कर्ष

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ जेठ २७ । ताराखोला गाउपालिकाले सरोकारवालाको भावी योजना विषयक बृहत् अन्तरक्रिया कार्यक्रम शनिबार गाउपालिका कार्यालय अर्गलमा सम्पन्न भएको छ । गाउपालिकाको समग्र विकासको लागि ताराखोलावासस्को सम्पूर्ण शक्ति एक भएर लाग्नु पर्ने अन्तरक्रियाको निष्कर्ष छ ।

अन्तरक्रियामा प्राकृतिक स्रोत साधन र कला सस्कृति जैविक आधारमा शिक्षाको लगानि गरि अगाडि बढ्ने आधार प्राध्यापक डाक्टर ओम गुरुङले प्रस्तुत गरेका थिए । गुरुङले अमेरिकामा पीएचडी अध्ययन गर्दा जङ्गल र झोलुङ्गे पुलको बिषयमा थेसीस प्रस्तुत गरेको उल्लेख गरे। प्रध्यापक डाक्टर ओम गुरुङले ताराखोलाको ऐतिहासिक पृष्टभूमि प्रस्तुत गरेका थिए अधिकृत शान्ति पौडेलले गाउपालिकाको भौगोलिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कार्यपत्रका माथी कार्यपालिका सदस्य धनबहादुर विक हिमाले थप प्रस्टाएका थिए ।

कार्यक्रममा बोल्दै सांसद केशरी घर्तीले ताराखोला गाउँपालिकाका सबै जनताको चाहानालाई पूरा गर्न आफुहरुको पहललाई स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यको सहयोग रहेको बताएकी थिईन् ।

कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र, नेकपा माओवादी केन्द्रका गाउँपालिका संयोजक नरेश केसी, नेपाली कांग्रेसका काजिमान घर्ती ,नेकपा एमालेका प्रतिनिधि मनबहादुर लामिछाने राष्ट्रिय जनमोर्चाका प्रतिनिधि डम्बर थापा, क्रान्तिकारी माओवादीको तर्फबाट गोविन्द परियारले मन्तव्य दिएका थिए ।

त्यसै गरी पत्रकार बद्रि शर्मा विद्यालय व्यवस्थापन समितिको तर्फबाट चन्द्रकुमार नाउसा , विद्यालय प्रधानाध्यापक तर्फबाट नेपाल माध्यमिक विद्यालयका प्रधानध्यापक भिमनाथ सुवेदी , जनप्रेम माविकाका प्रधानाध्यापक नईन्द्र गुरुङ , स्वास्थका तर्फबाट ताराखोला गाउपालिका २ हिलका मुक्ति भण्डारी, नन्दलाल पौडेल, दिलबहादुर घर्ती महिलाहरुको तर्फबाट सीता घर्ती, समाजसेवी अमृत घर्तीले पनि आआफनो विचार व्यक्त गरेका थिए ।
कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता,उपाध्यक्ष दिलकुमारी रोकाको स्वागत तथा गाउँपालिका अधिकृत शान्ति पौड्याल संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *