सिरबारे प्राविका दलित विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ २७ । आर्थिक अवस्था कमजोर भएका सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका ७ मल्ममा अध्यनरत दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खुट्टामा जुत्ता वितरण कार्यक्रम सम्पन्न गरिएको छ । रोटरी क्लव बागलुङको आयोजना तथा नया विश्व डटकम अनलाईन पत्रिकाको समन्वयमा विद्यालयमा अध्यनरत ३० जना दलित विद्यार्थीलाई झोला, जुत्ता तथा विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले स्थानियस्तरमा रहेका सामुदायिक विद्यालयको सुधार गर्न स्वयं स्थानिय समुदाय नै सक्रिय हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष गगनलाल शाक्य, अध्यक्ष नेत्रलाल न्यौपाने, नया विश्व डट कमका सम्पादक मुकेशचन्द्रराज भण्डारी, प्रभु बैंक लिमिटेड गलकोट शाखा प्रवन्धक चेतनारायण गौतम र गलकोट नगरपालिका वडा ७ का नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानिय नौमति बाजाद्वारा अतिथिहरुलाई स्वागत गरिएको थियो । कार्यक्रम सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीको अध्यक्षता, विव्यस सदस्य मिन बहादुर दर्जीको स्वागत र शिक्षिक कल्पना गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *