साताको तस्वीर : बुर्तिवाङ सरसफाई !

बुर्तिवाङ २०७४ जेठ २७ । विश्व वातावरण दिवसका दिन बुर्तिवाङ बजारमा कुनैपनि सार्वजनिक कार्यक्रम नगरिएपछी तीखो टिप्पणी भैरहेको सन्दर्भमा आज २०७४ जेठ २७ गते शनिवार विहान बुर्तिवाङ बजारमा सरसफाई कार्यक्रमको शुभारम्भ भएको छ ।
यस अघि पनि बजार सरसफाईका कार्यक्रमहरु नहुने गरेका होईनन्, तर अक्कल झुक्कल मात्र, त्यो पनि स्थानीयको सजगता र चासो भन्दा पर प्रहरीको आग्रह र अगुवाईमा बजार सफाई सन्चालन हुने बुर्तिवाङवासीको नियती बनेको छ ।

केहि वर्ष पहिले देखी सामुदायिक रेडियो परिवर्तनले आफनो वार्षिकोत्सवका अवसरमा जनचेतनामुलक कार्यक्रम अन्तर्गत सरसफाई अभियान सन्चालन गर्दै आएको छ । तर वर्षमा एक दिन गरिने सरसफाई अभियानले स्थानीय बुर्तिवाङ बजारवासीको चेतना जगाउन सकेन ।

प्रहरीको सक्रियता र आव्हान महिनाको दुई पटक बजार सफाई अभियान सन्चालन नभएको पनि होईन तर यो अभियानले पनि निरन्तरता पाउन सकेन ।

२०७३ फागुन ८ गते बुर्तिवाङवासी समक्ष लाजमर्नु प्रश्न कति दिन प्रहरी, प्रशासन र संस्थाले बजार बढारी दिने ? शिर्षकमा ईबागलुङले समाचार प्रकाशित गर्दै भावी नमूना शहरको रुपमा विकास भैरहेको बुर्तिवाङ बजारको सडक, आगन प्रहरीले बढारी देओस, प्रशासनले फोहोर व्यवस्थापन गरिदेओस, संघसंस्थाहरुले तेल घसी दिउन भन्ने मानसिकतालाई बुर्तिवाङवासीले त्याग्नु जरुरी छ । अझै कति दिन प्रहरी प्रशासन र संस्थाहरुले बुर्तिवाङ बजार सरसफाई गरिदिने ? यो लाजमर्नु प्रश्नको जबाव बुर्तिवाङवासीसंग छ ? भनि प्रश्न गर्दै समाचार सम्प्रेशन गरेको थियो ।

पछिल्लो चोटी ईबागलुङले २०७४ बैशाख १३ गते इप्रका बुर्तिबाङका प्रहरी जवान र म्यादी प्रहरीव्दारा बुर्तिवाङ बजार सरसफाई शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो भने २०७४ जेठ २२ गते विश्व वातारण दिवसमा बुर्तिवाङ सुनसान ढोनपा न नगर विकास, कसैले राखेनन् चासो शिर्षकमा समाचार प्रकाशित गरी बुर्तिवाङ बजारवासी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो ।

तर आजको सरसफाई अभियानमा स्थानीय तहको नयाँ संरचना अन्तर्गत सम्पन्न ढोरपाटन नगरपालिकाको निर्वाचनमा विजयी भएर आएका जनप्रतिनिधीहरुको उत्साहजनक सहभागिता र प्रतिवद्धतालाई हेर्दा अब बुर्तिवाङ बजार सदा सफा हराभरा रहने विश्वास गर्न सकिने आशा पलाएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजना तथा स्थानीय तीन एफएम रेडियोहरुको संयोजनमा ‘खुला दिसा मुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ स्थानीय नेतृत्व’ भन्ने नारा सहित साताव्यापी सरसफाई अभियानले पक्कैपनि बुर्तिवाङ बजारको मुहार सदैव उज्यालो बनाउने छ ।

तस्वीर: दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *