ताराखोला गाउँपालिकामा जेष्ठ महिला सम्मानित

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ २७ । आफना जेष्ठ नागरिकलाई चौरासी पूजाको अवसरमा अभिनन्दन गर्ने प्रचलन अनुरुप सातसय बगाले थापा समाज गलकोट नगरपालिका- ७ मल्मले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

ताराखोला गाउॅपालिका ४ रोदलम निवासी स्वर्गीय बम बहादुर थापाको धर्मपत्नी पूर्णकली थापालाई उनको ८४ पूजाको अवसरमा दोसल्ला र प्रशंसा पत्रद्वारा अभिनन्दन गरिएको हो ।

समाजका बुद्धिजीवी संगठनका सदस्य दल बहादुर थापा र पूर्व कोषाध्यक्ष लोक बहादुर थापाले अभिनन्दन गर्दै सुस्वास्थ्य, दीर्घायुको कामना गरेका थिए ।

कार्यक्रम सातसय बगाले थापा समाजका निवर्तमान महासचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *