पश्चिम बागलुङका विभिन्न विद्यालयहरुमा ४ लाख भन्दा बढी छात्रबृत्ति वितरण

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ २६ । निसीखोला गाउँपालिका २, देउराली स्थित अर्नाकोट आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक संस्थाले आज ४ लाख बराबरको आर्थिक तथा भौतिक सहयोग गरेको छ ।

मायाँ फाउण्डेसन र कर्म फ्लाइट, पोखराका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवर र फिल्ड सुपरभाइजर राजु दास सहितको विशेष टोलीले उक्त विद्यालयमा अध्ययनरत ४० जना गरिव, दलित तथा जेहेन्दर विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजार बराबरको सहयोग गरेको हो । संस्थाले प्रत्येक विद्यार्थीहरुलाई ५ हजार नगद र ५ हजार बराबरको विद्यालय पोशाक र स्टेशनरी सामाग्री सहयोग गरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कर्मा फ्लाइटका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले आफुहरुले गरेको सहयोगले विद्यार्थीहरुलाई अध्ययन गर्नको लागि सहयोग पुग्ने आशा व्यक्त गरे । त्यस्तै कार्यक्रममा फिल्ड अफिसर सुपरभाइजर राजु दासको विशेष उपस्थिती रहको थियो ।

त्यस्तै आज नै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल सरकारबाट वितरण हुने छात्रबृत्ति समेत वितरण गरिएको छ । विद्यालयमा १२९ जना दलित विद्यार्थीहरुलाई ४ सयको दरले ५१ हजार ६ सय र अन्य ९६ जना विद्यार्थीहरुलाई ४ सयको दरले ३८ हजार ४ सय रुपैया वितरण गरिएको थियो ।

त्यस्तै आज नै विद्यालयमा अध्यापनरत प्रोजेक्त टस्टका स्वयंसेवक शिक्षकहरुलाई समेत विदाई गरिएको छ । गत वर्षको भदौ महिनामा विद्यालयमा स्वयमसेवी शिक्षकको रुपमा आउनुभएका इथन र एङ्गुलाई विदाई गरिएको हो ।

कार्यक्रममा विद्यालयका निमित्त प्रध्यानाध्यापक बेगबहादुर कुँवरको स्वागत मन्तव्य र शिक्षिका भाविषा विसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी ढोरपाटन नगरपालिका २, खलबाङ स्थित अर्नाकोट आधारभूत विद्यालयमा आज पनि शैक्षिक सत्र २०७४ को लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमको शत प्रतिशत छात्रा छात्रबृत्ती र दलित छात्रबृत्ती पनि वितरण गरिएको छ । जसमा शतप्रतिशत छात्रातर्फ ७० जना लाई ४ सयको दरले २८ हजार र दलित तर्फ ४३ जनालाई पनि ४ सयका दरले १७ हजार रुपैयाँ छात्रबृत्ती वितरण गरिएको विद्यालयले जनाएको छ ।

छात्रबृति वितरण कार्यक्रममा वि.व्य.स. अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षत, ढोरपाटन नगरपालिका वडा नं. २ का खुल्ला सदस्य तम बहादुर घर्तीको प्रमुख आतिथ्यता र प्रधानाध्यापक धनबहादुर महतको सञ्चालन रहेको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *