सतिढुङ्गा माविमा परिसूचन बालक्लवको हाजिर जवाफ

विजय राना, बागलुङ २०७४ जेठ २६ । बागलुङको दक्षिण जैमिनी नगर पालिका वडा न. ७ मा रहेको सतिढुङ्गा माध्यामिक विद्यालयमा शुक्रबार हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
परिसूचन बालक्लवले आयोजना गरेको हाजिर जवाफ प्रतियोगितामा धौलागिरी सदनका बिमल रानामगर, गोविन्द शर्मा, कुमार राना र दिपक शर्मा प्रथम भएको कमल रानाले जानकारी दिए ।
पतियोगितामा अन्नपूर्ण सदनका अशोक गिरी, रुपा राना, जीवन थापा र स्नेहा शर्मा द्धितिय भएका छन् ।
परिसूचन बालक्लवका अध्यक्ष बिमल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षकहरु सुरेन्द्र चालिसे र कमला चालिसेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *