स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण राप्रपाले बुझायो

विजय राना बागलुङ २०७४ जेठ २६ । निर्वाचन भएको एक महिना बित्नै लाग्दा समेत राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगर पालिकाका उपमेयर सुरेन्द्र खड्काले निर्वाचनको बेला १ लाख ५० हजार रुपैयाँको खर्च गरेको विवरण बुझाएको छ ।
त्यस्तै बागलुङ नगर पालिका वडा न. ७ का खुल्ला सदस्यका उमेदवार केशव कार्कीले ५५ हजार ४ सय, वडा न. ३ खुल्ला सदस्यका उमेदवार रोशन खड्काले ५५ हजार ३ सय ९५, ३ का खुल्ला सदस्य डिल्ली प्रसाद आचार्यले ४६ हजार ४ सय ५०, काठेखोला गाऊँ पालिका वडा न. ६ ६ का खुल्ला सदस्यका उमेदवार लिलाधर ढुङ्गानाले ५६ हजार ४ सय ७४ रुपैयाँको खर्च विवरण बुझाएको कार्यालयका नायब सुब्बा बाबुराम आचार्यले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ मा निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र दल र तिनका उमेदवारहरुले गरेको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

खर्च विवरण नबुझाएमा÷लेखा परिक्षणका आधारमा अस्वाभिक वा निर्वाचनको स्वच्छतामा प्रतिकुल हुने गरि वा गैर कानुनी प्रयोजनको लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्ता राजनितिक दल वा उमेदवारलाई खर्च बराबरको रकम वा ५ लाख रुपैयाँ मध्ये बढि हुने रकम बराबरको जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *