गाउँमा भएका गतिविधि प्रति उत्तरदायी हुन नेतृत्व विकासको आवश्यक– सांसद पौडेल

बागलुङ, २०७४ जेठ २६ । शुक्रबार बागलुङको जैमिनी नगरपालिका वडा नं. १ को दमेकमा आयोजित नेतृत्व विकास उपभोक्ता क्षमता अभिबृद्धि र आर्थिक व्यवस्थापन तालिमको उदघाट्न गर्दै सांसद प्रकाश शर्मा पौडेलले हरेक गाउँमा भएका गतिविधि प्रति उत्तरदायि हुनका निम्ती नेतृत्व विकासको आवश्यक रहेको बताए ।

सांसद पौडेलले गाउँमा आएको योजनाहरुको बारेमा आम उपभोक्ताहरु जागरुक भएर गाउँको विकासमा लाग्नका लागि आग्रह गर्दै उपभोक्ता समितिले गरेका योजनाहरुको बारेमा सर्वसाधारणले खबरदारी गरी पारदर्शी ढंगले काम गर्नका लागि सचेत गराउनुपर्ने बताए ।

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा आयोजित तालिम ३ दिन सम्म संचालन हुनेछ ।

तालिमको सहजीकरण जिल्ला समन्वय समिति अन्र्तगत एलजीसिडिपिका कार्यक्रम अधिकृत गिता श्रीष, सामुदायिक उर्जा विकास तथा बातावरण संरक्षण केन्द्रका कार्यक्रम अधिकृत विष्णुराज पौडेल, दामोदर शर्मा जिल्ला समन्वय समितिका लेखापाल पुर्ण प्रसाद सापकोटा, अम्बिका सापकोटा लगायतले गर्नेछन ।

तालिममा नेतृत्व विकास, आर्थिक व्यवस्थापन, योजना माग तथा फरफारक कसरी गर्ने लगायतका विषय बस्तुमा जानकारी दिने बताईएको छ । जैमिनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लक्ष्मीकान्त सापकोटाको अध्यक्षता जिल्ला समन्वय समितिका लेखापाल अम्बिका सापकोटाको स्वागत र विष्णुराज पौडेलको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिममा करिब ७० जना भन्दा सहभागि रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *