पाण्डबखानी मा वि मा नव निर्वाचित वडा प्रतिनिधिलाई सम्मान तथा छात्रबृत्ति वितरण

सुरेश छन्त्याल, गल्कोट २०७४ जेठ २६ । बागलुङको गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानी माध्यमिक विध्यालायमा नव निर्वाचित वडा प्रतिनिधिलाई सम्मान तथा छात्रबृत्ति वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

शिक्षक प्रकाश पुनको स्वागतबाट सुरु भएको कार्यक्रममा शिक्षिका आसा श्रीस, शिक्षक गिरिप्रसाद थापा, तिलक घर्ती, राधिका पुन, धनबहादुर सुनार, रामप्रसाद विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विध्यालायका समितिका अध्यक्ष मानसिह छन्त्यालको सभापतित्यो वडा १०का अध्यक्ष तिलक घर्तीको प्रमुख आथितियतामा नव निर्वाचित सदस्यहरुलाइ शुभकामना तथा बधाई संगै सम्मान र विध्यालायमा हुने छात्रबेत्ति वितरण साथमा कक्षा ११को परिक्षामा सहभागीहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रम शिक्षक पुरन प्रभातको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *