जनप्रतिनिधिबाट दीपज्योति विद्यालयमा रु ५० हजारको अक्षय कोष स्थापना

गल्कोट २०७४ जेठ २६ । गलकोट नगरपालिका वडा नम्बर ७ का निर्वाचित वडा सदस्य लोक बहादुर थापाले श्री दीपज्योति आधारभूत विद्यालय मल्ममा रु ५० हजारको अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयले आज आयोजना गरेको जनप्रतिनिधि सम्मान तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा थापाले स्वर्गीय बुबा शशिधर थापा, आमाहरू कर्ण कुमारी थापाको स्मृतिमा उक्त अक्षय कोष स्थापना गरेका हुन् ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ७का निर्वाचित वडा अध्यक्ष सु टीका बहादुर थापा , वडा सदस्यहरु दल बहादुर थापा, लोक वहादुर थापा लाई विद्यालय र चिसापानी आमा समूहले संयुक्त रुपमा सम्मान गरेका थिए ।

उक्त अवसरमा पत्रकार थम्मन थापा सन्देश, गलकोट समाज जापानका सहसचिव कुलवीर थापालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष सु टीका बहादुर थापा, वडा सदस्यहरु दल बहादुर थापा, लोक वहादुर थापा, प्रेस सेन्टर गलकोटका अध्यक्ष थम्मन थापा सन्देश, विद्यालयका प्रधानाध्यापक शारदा देवी शर्मा लगायतले मन्तव्य राखेका थिए ।

उक्त अवसरमा ४३ जना छात्रा र ११ जना दलित छात्र लाई छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त क्षेत्रीको अध्यक्षता, शिक्षक जीवन ज्योति बि क को स्वागत मन्तव्य र शिक्षक वीर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *