जिल्लाको शान्ति, सुरक्षा गुणस्तरीय सेवाका लागि सबैसंग समन्वय गरी काम गर्ने प्रजिअको प्रतिवद्धता

पत्रकारले उठाएका विषयलाई आफुले तत्काल सम्बोधन गर्ने प्रजिअ तिवारीको स्पष्टोक्ति

विजय राना, बागलुङ २०७४ जेठ २७ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा नवागत प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिल्लामा भएका सबै खाले विकृति विसंगति बिरुद्ध पत्रकाहरु संग समन्वय गरि काम गर्ने बताएका छन् ।

गृहमन्त्रालयबाट सरुवा भई बागलुङ आएका प्रमुख जिल्ला अधिकारी तिवारीले शुक्रबार पत्रकारहरु संग बोल्दै जिल्लामा शान्ति सुरक्षा र गुणस्तरीय सेवा प्रवाहको लागि जनप्रतिनिधि र पत्रकारहरु संग समन्वय गरि काम गर्ने बताए ।

प्रजिअ तिवारीले आफु जिल्लामा रहँदा सम्म सेवाप्रदायक संस्थाको सेवा प्रवाहलाई नागरिकले महसूस गर्ने गरि काम गर्ने स्पष्ट पारे ।

समाचारमा आएका विषयहरुमा प्रशासन उदासीन बन्ने गरेको पत्रकारको गुनासो प्रति प्रमुख जिल्ला अधिकारी तिवारीले पत्रकारले उठाएका विषयलाई आफुले तत्काल सम्बोधन गर्ने समेत बताए ।

पत्रकारहरुले जिल्लामा पछिल्लो समयमा लागु औषध प्रयोग बढ्दै गएको, गुण्डागर्दी बढ्दै गएको, गैरकानुनी रुपमा तास खेल्ने र खेलाउने गरिएको भन्दै त्यस्ता गलत क्रियाकलापलाई तत्काल रोक्न तर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पत्रकारहरु हरिनारायण गौतम, दिल शिरिष, मुकेशचन्द्र राजभण्डारी, राजेशचन्द्र राजभण्डारी, कोपिला कंडेल, प्रकाश बराल लगायतले जिल्लाका विकृति विसंगतिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रव गिरीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, महासंघका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

तस्वीर सौजन्य: अर्जुन ढकाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *