गल्कोट नगरपालिकाका नवनिर्वाचित प्रतिनिधीलाई खड्ग कालिका युवा क्लवव्दारा स्वागत

गल्कोट २०७४ जेठ २६ । गल्कोट नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचामगर, वडा अध्यक्षहरु लगायत अन्य सदस्यहरुलाई खड्ग कालिका युवा क्लब मल्मले आज बाँसखोलामा एक समारोहकावीच भव्य स्वागत एवं बधाई ज्ञापन गरेको छ ।
शुक्रबार विहान आयोजना गरिएको स्वागत, बधाई एवं सम्मान कार्यक्रममा नगरप्रमुख भरत शर्मा र उपप्रमुख रेणुका काउचाले निर्वाचनमा आफुहरुलाई मतादान गरेर गरिमामय पदमा विजयी बनाएकोमा आभार व्यक्त गर्दै गल्कोट नगरपालिकाको विकास र सम्बृद्धिका लागी सबैसंंग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोहि कार्यक्रममा गनपा ९ का नवनिर्वाचित वडा अध्यक्ष खड्गकालिका युवा क्लबका संस्थापक पूर्व अध्यक्ष तेजबहादुर थापा महिला सदस्य अम्बिका थापा, तिलकुमारी विक, खुल्ला सदस्यहरु धर्मदत्त सापकोटा र दुर्गाबहादुर मल्ललाई पनि भव्य स्वागत एवं सम्मान व्यक्त गरिएको थियो ।
क्लबका अध्यक्ष शिशिर बम मल्लको सभापतित्वमा भएको स्वागत एवं बधाई कार्यक्रममा स्वागत भाषण भैरब माबिका प्रधानाध्यापक चक्रवर्ति ले गरेका थिए भने शुभकामना मन्तव्य भैरब माबि व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतम र साविक मल्म गाविसका पूर्व अध्यक्ष पूर्णबहादुर थापाले दिएका थिए ।

कार्यक्रममा क्लवका संपूण पदाधिकारी एवं सदस्यहरु लगायत गनपा ९ का स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *