बसार्इ सरार्इले रित्तिदै गाउँ …

लक्ष्मण चालिसे, गल्कोट २०७४ जेठ २५ । भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ तर यो भनाइलाई गलत साबित गरिदिएका छन् बागलुङ जिल्ला ग न पा ८ सिस्नेरी र ज्यामिरेवासी अधिकांशले । उनिहरु गाउँ माया मार्दै बसाइँ सर्न थालेका छन् । गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेको साँचो झुन्ड्याएको पुरानो घरभन्दा फरक दृश्य देख्न पाउँदैनन् । सुविधा र रोजगारीका लागि बसाइँ सर्ने क्रम बढे पछि गल्कोटका बस्ती खाली हुन थालेका छन् ।

पछिल्ला दिनमा गाउँमा सडक, बत्ती र अन्य सुविधा थपिए पनि शहर झर्ने क्रम नरोकिएकाले गल्कोल नगर पालिका ८ का गाउँ सुनसान भएको छ । नगर पालिकाको महत्त्वपूर्ण रूपमा रहेको काडेबासका करिब १२० धरधुरि रोजगारी र सुविधाको खोजीमा तराई बसाइँ सरेका छन् । शिक्षा, रोजगारी र सुविधाको खोजीमा पछिल्ला दिनमा गाउँबाट बसाइँ सर्ने क्रम बढेको स्थानीयबासी बताउँछन् । ‘जीवनस्तर बढेसँगै विलासिता खोज्ने तथा गुणस्तरीय शिक्षाका लागि शहर जाने क्रम बढेको छ, स्थानीय रामु चालिसे भन्छन् ।

गल्कोट नगर पालिका वडा नं ८ ज्यामिरे सिस्नेरी चालिसेटोलाको उपल्ला दाङसिङ थालेपोखराका अधिकांश घर अहिले खाली छन् । केही घरमा स्थानीय दलित परिवारहरूले घर कुर्ने काम गर्दै आएका छन् । २०/२२ घर त भत्किनै लागेका छन् । सिस्नेरी ,उपल्ला दाङसिङ लगायतका गाउँ रित्तै छन् । ज्यामिरे देउखर्कमा पनि ६/७ घर मात्रै छन।

वैदेशिक रोजगारीमा जापान अमेरिका अष्ट्रेलिया तथा यूरोप–रोजगारीबाट फर्केका गाउँ छाडेर पोखरा तथा चितवन लगायत शहरमा जाने क्रम बढेको स्थानीय समाजसेवी अर्जुनदत्त कडेलले बताए ।

वार्षिक रूपमा १२देखि१५ परिवारसम्म बसाइँ सराइमा जाने गरेको उनले जानकारी दिए । ‘बढी कमाइ हुने तथा विदेश गएर पैसा कमाएको परिवार गाउँमा बस्नै मान्दैनन्,’ कडेल ले भने, ‘अब त गाउँ नै खाली भइसक्यो, । गाउँका कोदो, मकै, आलु र धान उत्पादन हुने अधिकांश खेतबारी बाँझै छन् । ‘गाउँमा सुविधाको कमी भएपछि आयस्तर बढी भएकाहरू गाउँ छाड्दै हिँड्दै गर्न थालेका ग न पा ८ का वडा सचिब आनन्द प्रसाद शर्मा वताउछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *